जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले भदौ महिनामा करिब रु ११ लाख राजश्व संकलन गरेको छ।ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनहरुलाई कार्बाही गर्दा रु १० लाख ८९ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक झलक शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार भदौमा एक हजार ६९ वटा सवारी साधनहरु कार्बाहीमा परेका छन् भने एक सय १० वटा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने एक सय ५९ जना घाईते भएका छन् ।ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु र सरोकारवालाहरुको सहयोग नै दुर्घटना न्यूनिकरणको महत्वपुर्ण पाटो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी शर्माले बताए ।
ट्राफिक प्रहरी कमिसन असुल्न मै व्यस्त रहेको भन्ने आरोपलाई चिरफार गर्दै आफ्नो काम, कार्बाही र प्रहरी संगठनको धर्म,मर्म र सांगठानिक शिद्धान्तलाई आत्मासात गरी जिल्लाभरीका सबै ट्राफिक प्रहरी युनिटहरुलाई नेपाल प्रहरीसंगको साझेदारीमा परिचालन गरी भारवाहन क्षमता भन्दा बढी भार बोक्ने सवारी,माद्यक पदार्थ सेवान गरे÷नगरेको चेकजाँच र लामो दुरीका यात्रु बाहक सवारी साधनहरुमा दुई जना चालक रहे÷नरेहको चेकजाँच गरी प्रचलित ट्राफिक नियम विपरित रहेका पाइएमा कार्बाही गर्दा उत्त राजश्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार ठाउँको ठाउँ जनचेतनामूलक कार्यक्रम,यान्त्रिक परीक्षण,यात्रुवाहक सवारी साधन चेकजाँच,स्कुल बस चेकजाँच,दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि चाडपर्व लक्षित विशेष चेकजाँच, सडक प्रयोगकर्ताहरुसँग दुई मिनेट कार्यक्रम,दुई पाङ्ग्रे्रे सवारी चालकहरूसँग दुई मिनेट कार्यक्रम,तीन पाङग्रे सवारी साधनमा टल्कीने स्टीकर टाँस्ने,विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम,उखु ढुवानी गर्ने सवारीहरुको सवारी नम्बर लेख्ने,टल्कीने स्टीकर टाँस्नुका साथै चालक तथा सह–चालकहरुको निशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम समेत गरीएको छ ।
त्यसैगरी,साइकल चालक लक्षित सचेतना मुलक कार्यक्रम,यात्रुहरूसँग दुई मिनेट कार्यक्रम,सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख शर्माले बताए ।
उनका अनुसार यसका साथै अस्थाई ट्राफिक प्रहरी पोष्ट कर्मैया र फुलजोर बाहेक जिल्लाका अन्य स्थानमा रहेका ट्राफिक प्रहरी युनिटहरु भाडाका घरबाट सञ्चालन गर्नु पर्ने साथै आवश्यक जनशक्ति नभएकाले चाहेजति काम गर्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख शर्माले बताए।