सर्लाहीको मलंगवा नगरपालिका २ स्थित नेपाल भारत सिमा क्षेत्र नजिकै नालामा नवजात शिशुको शव फेला परेको छ।मलंगवा नगरपालिका २, झण्डा बजार जाने सहायक सडकमा रहेको एक होटल नजिकै नालामा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवा सार्लहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्थानीयले नालामा रहेको पानीमा नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।केहि समय पहिला पनि मलंगवा मै दुई वटा नवजात शिशुको शव भेटिएको थियो । जिल्लामा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुले अवैध तरिकाबाट भ्रण हत्या गराउने गरेका आशंका गरिएको छ।नियामक निकायको मौनताका कारण हरेक महिना नवजात शिशुहरुको हत्या हुने गरेको जानकारहरु बताउँछन् ।