धनकौल गाउँपालिकाका अध्यक्ष साहसंग तीन वटा नागरिकता

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-१० गते   १५७ पटक हेरिएको

सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साहसंग तीन वटा नागरिकता रहेको रहस्य बाहिरिएकोे छ।गाउँपालिका अध्यक्ष साहले विभिन्न मितिमा पटक पटक गरि तीन वटा नागरिकता लिएका रहस्य बाहिरिएको हो । गाउँपालिका अध्यक्ष साहले विभिन्न मितिमा लिएका फरक फरक नागरि प्रस्तुत गरेको भन्दै नागरिकता किर्तेमा कारवाही गर्न अदालतमा मुद्धा दायर भए पछी अध्यक्ष साहको तीन वटा नागरिकता रहेको रहस्य बाहिरिएको हो ।
गाउँपालिका अध्यक्ष साहलाई पक्राउ गरि थप अनुसन्धान र कारवाही गर्न इलाका प्रहरी कार्यालय बरहथवालाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय सागर बिष्ट र विष्णुप्रसाद कोइरालाको इजलासले पत्राचार गरेको समेत पाइएको छ ।यता इलाका प्रहरी कार्यालय बरथवामा भने मुद्वा दर्ता गराएर अनुसन्धान अघि बढाएको जनाएको छ ।गाउँपालिका अध्यक्ष साहसंग पहिलो नागरिक्ता नम्बर २१७ मा जन्म मिति २००१÷०१÷१० रहेको १९–०१–७३–०८६३६ नम्बर रहेको दोस्रो नागरिकतामामा जन्म मिति २०११÷०१÷१० उल्लेख छ ।
यसघि स्थानीयले इलाका प्रहरी कार्यालय बरहथवामा मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले मुद्दा दर्ता नगरेको समेत बाहिरिएको छ ।अहिले भने प्रहरीले उच्च अदालत जनकपुरबाट परमादेश आएपछि मुद्दा दर्ता गरेको छ तर अनुसन्धानमा ढिला सुस्ती गरेको निवेदकको गुनासो छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech