महोतरीको एकडारामा महिला प्रजनन् स्वास्थ्य शिविर सञ्चालन

126 Shares

महोतरीको एकडारा गाउँपालिका ५ मा दुई दिने प्रजनन् स्वास्थ्य शिविरको आयोजना गरिएको छ।बागमती सेवा समाज नेपाल सर्लाही र आड्रा नेपालको सहयोग तथा एकडारा गाउँपालिकाको आयोजनामा दुई दिन सम्म सञ्चालन हुने प्रजनन् स्वास्थ्य शिविरको बुधबार उद्घाटन गरिएको हो ।

b13.jpg
“स्वास्थ जीवनका लागि स्वास्थ सुरुवात”भन्दै पाठेघर खसेका महिला किशोरीहरुको जाँच,उपचार तथा परामर्श,पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण,गर्भवती र सुत्केरी जाँच,परिवार नियोजन सम्बन्धि सेवा र मनोविमर्श सेवा सहित प्रजनन् स्वास्थ्य शिविर आयोजना गरिएको बागमती सेवा समाज नेपाल सर्लाहीका कार्यवाहक कार्यकारी निर्देशक सुनिल कुमार साहले जानकारी दिए ।उनका अनुसार आड्रा नेपालको सहयोगमा बागमती सेवा समाज नेपाल सर्लाहीले सञ्चालन गरेको महिला प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम अन्तर्गत दुई दिने प्रजनन् स्वास्थ्य शिविर एकडारा गाउँपालिकामा बिहीबार सम्म सञ्चालन हुने छ ।
मधेश प्रदेशमा विकराल स्वासथय समस्याको रुपमा रहेको महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या एउटा ठूलो चुनौतीको रुपमा रहेको वर्तमान अवस्थामा विगतमा गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिईएको बागमती सेवा समाज नेपाल सर्लाहीका अध्यक्ष सुजता कुमारी साहले जानकारी दिईन् ।
उनका अनुसार एकडारामा सञ्चालन गरिएको दुई दिने प्रजनन् स्वास्थ्य शिविरमा मनरासिस्वा,महोतरी,रामगोपालपुरका साथै जलेश्वर नगरपालिकाका गरि करिब पाँच सय जनाले लाभ लिने अनुमान गरिएको छ ।त्यसैगरी महोतरी कै औरही नगरपालिका ९ को विपन्न मुसहर बस्तीमा पनि पोषण सम्बन्धी शिविर समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।आयोजकका अनुसार औरही नगरपालिका ९ मा सञ्चालन गरिएको पोषण सम्बन्धी शिविरबाट करिब एक सय ५० परिवारले लाभ लिएका छन् ।
बागमती सेवा समाज नेपाल सर्लाहीले आड्रा नेपालसंगको साझेदारीमा विगत लामो समयदेखि स्वास्थ्य तथा जीविको पार्जनका क्षेत्रमा काम गरि रहेको बागमती सेवा समाज नेपाल सर्लाहीले मधेश प्रदेशका आठवटा र कोसी प्रदेशका पाँच वटा गरी १३ वटा जिल्लामा स्वास्थ्य तथा जीविको पार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरि रहेको छ ।जीविको पार्जन सम्बन्धी कार्यक्रम सर्लाहीमा मात्रै र अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रम मधेश प्रदेशका आठवटा र कोसी प्रदेशका पाँच वटा गरी १३ वटा जिल्लामा सञ्चालन भई रहेको हो ।बागमती सेवा समाज नेपाल सर्लाहीले“गाउँ गाउँको सिंहदरबार”स्थानीय तथा प्रदेश सरकारले ध्यान पुर्याउन नसकेका दैनिक जनजीविकाका सवालमा सुरुवात देखिनै उद्धहरणीय काम गर्दै आएको छ ।

सम्बन्धित समाचार