Close This

मधेश प्रदेशमा सत्ता गठबन्धनकै दुवै उम्मेदवार सिद्धिकी र अर्याल विजयी,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१२ गते   १९९१ पटक हेरिएको

राष्ट्रिय सभाको आजै सम्पन्न मतदान र मतगणनामा मधेश प्रदेशबाट सत्ता गठबन्धनकै दुवै उम्मेदवार विजयी भएका छन् । आजै सम्पन्न मतदान र मतगणना अनुसार सत्ता गठबन्धनकै खालिद सिद्धिकी र उर्मिला अर्याल विजयी भएका हुन ।
जनता समाजवादी पार्टी(जसपा)का सिद्धिकी ६ हजार ६ सय ७८ मत ल्याएर विजयी भएका हुन् । जनता समाजवादी पार्टी(जसपा)को तर्फबाट उम्मेदवार भएका सिद्धिकी सिरहका हुन् । उनले नेकपा(एमाले)लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीलाई २ हजार ७ सय ६६ मतअन्तरले पराजित गरेका हुन । 
त्यसैगरी महिला तर्फ सत्ता गठबन्धनकी उम्मेदवार अर्यालले ६ हजार १ सय ५६ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २ सय २८ मत ल्याएकी हुन् । यादव लोसपाबाट उम्मेदवार बनेकी थिएन ।
मधेश प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८ सय २४ र प्रदेशसभाका ४ हजार ९ सय ९२ गरी कूल ९ हजार ८ सय १६ मतभार रहेको छ । जम्मा ३ सय ७२ मतदाता रहेकामा ३ सय ६६ मत खसेको थियो ।स्थानीय तहमा २ सय ६८ मा २ सय ६४ मत खसेको थियो भने प्रदेश सांसद १ सय ४ मा १ सय २ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech