एक सय ५० पिस लागु औषध नाइट्राभेट सहित काभ्रेका दुई जना सर्लाही प्रहरीको नियन्त्रणमा

479 Shares

सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सिमा क्षेत्र नजिकैबाट लागु औषध नाईट्राभेट सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सिमा क्षेत्र नजिकै प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले लागु औषध नाइट्राभेट सहित काभ्रेको नमोवुद्ध नगरपालिका ७ का अन्दाजी वर्ष १९ का मनिष तामाङ र सोही ठाउँका अन्दाजी २६ वर्षिय अरुण लामालाई एक सय ५० पिस लागु औषध नाइट्राभेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार मलंगवा नगरपालिका ८ स्थित प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुले आफुले लगाएको पाइन्टमा लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध नाइट्राभेट एक सय ५० पिस बरामद् भएको हो ।एक सय ५० पिस लागु औषध नाइट्राभेट सहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । खुल्ला सिमानाका कारण पछिल्लो समय अवैध लागु औषध कारोबारीहरुका साथै प्रयोग कर्ताहरु माथि प्रहरीले विशेष निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित समाचार