Close This

ईश्वरपुर १३ मा नमूना बाल विकास केन्द्र भवन शिलान्यास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-११ गते   ३५९९ पटक हेरिएको

 सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ । ईश्वरपुर नगरपालिका–१३, को प्राथमिक विद्यालय बाहुन टोलमा नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको हो । 
सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले निर्माण गर्न लागेको भवनको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार देवकोटाले शिलान्यास गर्नु भएको हो । नमूना बाल विकास केन्द्र भवन निर्माणका लागि १५ लाख ९२ हजार ८ सय ४२  रुपैँयाँ बजेट विनियोजन गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
दुई महिनाभित्रै भवन निर्माण गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको संस्थाले जनाएको हो । भवन शिलान्यास कार्यक्रममा नगर उप प्रमुख एकावती देवी चौधरी, ईश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बम्जन, विद्यालयकी प्रधानाध्यापक सखिला महतो, संस्थाका उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य चालिसे, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीहरु लगायत जनप्रतिनिधिहरुको  उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech