विश्व हिन्दु परिषदका पाँच सय भन्दा बढी जन्ती विवाह पञ्चमीमा जनकपुर आउने

600 Shares

मधेश प्रदेशको जनकपुरधाम स्थित रहेको जानकी मन्दीरमा हरेक वर्ष झैँ यस वर्षपनि लाग्ने रामजानकी विवाह पञ्चमी महोत्सवमा विश्व हिन्दु परिषद अयोध्याको नेतृत्वमा पाँच सय जना विशेष जन्ती आउने भएका छन् ।यस लाग्ने रामजानकी विवाह पञ्चमी महोत्सवमा विश्व हिन्दु परिषद अयोध्याको नेतृत्वमा पाँच सय जना भन्दा बढीको संख्यामा विश्व हिन्दु परिषद अयोध्याको नेतृत्वमा जन्ती आउने जानकारी आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए । उनका अनुसार विश्व हिन्दु परिषद अयोध्याको नेतृत्वमा पाँच सय बढी जन्ती आउने र सोही अनुसार स्वागतको तयारी सुरु भएको छ ।
जन्तीको स्वागत र विवाहपञ्चमीको तयारीका लागि जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको जानकी मन्दिरका महन्थ वैष्णवले बताए ।विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज,रामजन्म भूमि तिर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको जानकी मन्दिरका महन्थ वैष्णवले बताए ।मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । अयोध्याबाट जन्तीमा सन्तमहन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरु सहभागि भएर आएका जन्तीहरु मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको जानकी मन्दिरका महन्थ वैष्णवले बताए ।

सम्बन्धित समाचार