माओवादीको ऐतिहासिक यात्रा : नयाँ रुपान्तरणतर्फ

639 Shares

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान निर्माणको प्रक्रियामा संसदवादी दलहरूसँग नेकपा(माओवादी केन्द्र)ले गरेकोे सहकार्यलाई कतिपयले गलत अर्थ लगाए ।तर माओवादी केन्द्रले स्पष्ट घोषणा गर्यो की हामी संसदीय दलहरु जस्तै छैनौँ ।“माओवादी पनि संसदीय दल जस्तै भयो।”यो बुझाइ भ्रममात्रै हो।किनकि माओवादीले सहकार्य गरेका कारण पुराना संसदवादी दलहरूलाई जस्ताको तस्तै मान्न सकिँदैन।माओवादीको सहकार्य रणनीतिक थियो तर गन्तव्य भने क्रान्तिका बाँकी कार्यभार पूरा गर्नु नै हो। 

t.jpg
हिजोका संसदीय दलहरू २०४७ सालको ढाँचातिर फर्कन चाहन्छन्।उनीहरू पुरानो संसदवाद मै स्थिर हुन खोजिरहेका छन्।तर माओवादी र क्रान्तीकारी घटकहरू त्यसमा सहमत छैनन् ।बरु माओवादी संघीय लोकतान्त्रीक गणतन्त्र र संघीयताको रक्षा गर्दै समाजवादमा प्रवेश गर्ने नयाँ गन्तव्यको ऐतिहासिक तयारी गर्दैछ ।हामी माओवादीहरु आधार निर्माण गर्दैछौं ।नयाँ नेपालको जग खन्दैछौं।यतिबेला नेकपा(एमाले)र नेपाली कांग्रेस दुबै सैद्धान्तिक र वैचारिक संकटमा फसेका छन्।उनीहरू दिशाहीन भएका छन्।समाजवादको नारा केवल मुखमै सीमित छ, जनताका सवालहरू सम्बोधन गर्ने इच्छा शक्ति र दृष्टिकोण अनि योजना उनीहरूसँग छैन।
माओवादीले भने विगतमा  यिनै  संसदीय दलहरूलाई नयाँ ठाउँ संघीयता र गणतन्त्रमा लैजानका लागि उनीहरुलाई रुपान्तरण गर्न ऐतिहासिक योगदान गर्दै ठूलो कसरत गरेको थियो।राजतन्त्र उन्मूलन देखि लिएर गणतन्त्र स्थापना,संघीयताको जग, महिला, दलित,जनजाति,मधेसी, किसान,मजदुर(श्रमिक)को अधिकार ल्याउने प्रक्रियामा माओवादीको बलिदान र नेतृत्वले निर्णायक भूमिका खेलेको छ।विचमा हामी माओवादीहरु पनि संसदीय व्यवस्थामा गएपछि एमाले र कांग्रेसको लहैलहैमा केही विग्रेका छौँ ।जनताका सपनाहरुमा केही आलटाल भएका छन् । हामीले केही गल्ती गरेका छौँ । अब यो बाटो हाम्रो पुरानै बाटोमा अगाडि बढ्ने छ ।यो यात्रा यहीँ रोकिने छैन।हामी माओवादीहरु यही घोषणा गर्दछौं। माओवादी अब जनताको अपार शक्ति र इतिहासको  अग्रगामी सोच सहित  समाजवादतर्फ अगाडि बढ्दैछ।यही हाम्रो भविष्यको मार्ग हो,एउटा  महान सपना हो,यही हाम्रो अठोट हो।

लेखक : जनयुद्धकाल मै सर्लाही र महोत्तरीमा परिचित नाम लुमणी धिमाल(लोचन)माओवादी केन्द्रका केन्द्रीय नेता हुन ।

सम्बन्धित समाचार