Close This

चन्द्रनगरका अशक्त,अपाङ्ग बिपन्न र गर्भवतीलाई निः शुल्क यातायात

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२५ गते   १६६ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले अपाङ्ग,बृद्धबृद्धा तथा गर्भवती महिलालाई आवतजावतमा सहज होस भनेर पालिका भर निःशुल्क अटो संचालन गरेको छ । चन्द्रनगर गाउँपालिकाका भित्रका अपाङ्ग,बृद्धबृद्धा तथा गर्भवती महिलालाई आवतजावतमा सहज होस भनेर पालिका भर निःशुल्क अटो संचालन गरेको हो । 
गाउपालिका भित्रका अपाङ्ग,बृद्धबृद्धा ,गर्भवती महिलाहरु तथा असहाय गरीब र बिपन्न परिवारका व्यक्तीहरुलाइ स्वास्थ्य संस्था जान आउन तथा गाउँपालिका र वडाहरुमा जान आउन सहज होस भनेर निःशुल्क अटो सेवा सञ्चालन गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार आफ्नो गाउपालिका भित्रका काममा आवत जावत गर्न,स्वास्थ्य संस्थामा जान आउन निशुल्क यातायातको लागि २ वटा अटो सेवा सन्चालमा ल्याइएको  छ । 
चन्द्रनगर गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन भने विपन्न,आर्थिक रुपमा पछाडी परेका र मुसहर समुदायका मानिसहरुको बसोबास धेरैरहेका कारण पनि उनिहरुलाई केही राहत होस भनेर निःशुल्क यातायात सेवा सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech