नेपाल खेलकुद महासंघद्धारा प्रदेश २ का फ्रण्टलाईनरहरुलाई स्वास्थ्य सामाग्री सहयोग

3.8k Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९ ) संक्रमणबाट सुरक्षित रहन नेपाल खेलकुद महासंघले प्रदेश २ का आठै जिल्लाका फ्रण्ट लाईनरहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 
प्रदेश २ का आठै जिल्लाका फ्रण्ट लाईनरहरुलाई स्वासथ्य सामाग्री सहयोग गर्ने क्रममा ४७ औँ कार्यंक्रम मार्फत सर्लाहीको लालबन्दीमा रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको  नेपाल खेलकुद महासंघ सर्लाहीकी जिल्ला सचिब निर्मला गुरुङले जानकारी दिनु भयो ।
नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको  नेतृत्वमा भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा संघका उपमहा सचीव  रामकृष्ण  खड्का,शान्ता माया परियार, सचीव प्रभु नरायण सिवाकोटी,केन्द्रीय सदस्य बेदबहादुर राई(बिनय),युबराज पुलामी,जीवनराज भण्डारी लगायतको उपस्थिती रहेको अनेरास्ववियुकी सचिवालय सदस्य  अन्जना सिवाकोटीले बताउनु भयो । उहाँका अनुसार एक अनौपचारिक कार्यक्रम मार्फत ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापालाई मास्क,स्यानिटाईजर,ग्लोब्स र फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्रीहरु संघले हस्तान्तरण गरेको हो ।
छिमेकी देश भारतमा कोरोना भाईरस(कोभिड १९) को संक्रमण दिनप्रतिदिन बढी रहेको समयमा फ्रण्ठलाईनमा खटेर काम गर्नेहरु संक्रमणको सिकार नहुन भनेर आफुहरुले सानो भएपनि सहयोग गरेको संघका वरिष्ठ उपा अध्यक्ष बस्नेतले बताउनु भयो । 

सम्बन्धित समाचार