२० किलो गाँजासहित श्रीमान श्रीमती र करिब ४२ ग्राम खैरो हिरोइन सहित राउत पक्राउ

279 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का श्रीमान श्रीमती लागु औषध गाँजा सहित पक्राउ परेका छन्।हरिपुर्वा नगरपालिका ५ का अन्दाजी ४५ वर्षीय रुपेश साह र उनकी श्रीमती अन्दाजी ३५ वर्षीया प्रतिमा कुमारी साहलाई २० किलो तीन सय ४० ग्राम लागु औषध गाँजा सहित  पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार साह दम्पत्तिले घरमा लुकाएर राखेको २० किलो तीन सय ४० ग्राम लागु औषध गाँजा बरामद भएको हो।साह दम्पत्तिले घरमा गाँजा लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा छतमा प्लाष्टिकले बेरेर लुकाई छिपाई राखिएको अवस्थामा २० किलो तीन सय ४० ग्राम लागु औषध गाँजा बरामद भएको हो ।
त्यसैगरी,सिरहाको कल्याणपुर नगरपालिका ११ का अन्दाजी वर्ष २३ का जीतेन्द्र कुमार राउतलाई ४१ ग्राम सात सय ७० मिलिग्राम खैरो हिरोइन सहित सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।महोत्तरीको बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश–०४–००१ ज ०१५५ नम्बरको यात्रु बाहक सवारी साधनलाई सिन्धुलीको भिमान चेकपोस्टमा चेकजाँच गर्दा राउतले बोकिरहेको सामान भित्र प्लास्टिकमा लुकाइएको ४१ ग्राम सात सय ७० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ परेका राउतसँग संलग्न अन्य व्यक्ति,आपूर्ति सञ्जाल र गन्तव्यबारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक टंक कार्कीले जानकारी दिए ।सिन्धुली सहितका मध्यपहाडी र तराईका जिल्लामा पछिल्लो समय लागुऔषध सेवन र कारोबारी बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।
विशेषगरी नेपाल भारत खुल्ला सीमानाका कारण पछिल्लो समय नेपाली युवाहरु लागु औषध दुव्र्यसनीमा फस्ने गरेका पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर नियमित अनुगमन,सूचनाको आदान प्रदान र स्थानीय समुदायसँग सहकार्य गरेर लागु औषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने काम गरी रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुधाम,धनुषाका प्रहरी प्रमुख एवम डिआईजी लालध्वज सुवेदीले बताए ।
उनका अनुसार लामो समयदेखि लागुऔषधको कारोबार भइरहेको आशंका गरिएका सडकहरु तथा नाकाहरुमा निगरानी बढाइएको र चेकपोस्टमा चेकजाँचमा कडाइ गरिएको छ । दीर्घकालीन रूपमा यस्तो समस्या समाधान गर्न समाज,परिवार र शैक्षिक संस्थाहरुको पनि सक्रिय भूमिका आवश्यक रहेको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार