जेसिज लालबन्दीको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-५ गते   २२८१ पटक हेरिएको

लालबन्दी जेसिजको तेस्रो पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लालबन्दीमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पदस्थापन समारोहबाट लालबन्दी जेसिज २०२२ को अध्यक्षमा सन्तोष पौडेलसहित अन्य पदाधिकारीहरु घोषणा गरिएको छ ।
समितिको कार्यकारिणी उपाध्यक्षमा द्वोय राजकुमार सिंह र कोमलप्रसाद गौतम, उपाध्यक्षमा उपेन्द्र महतो, सुमन थापा, शिवहरि गौतम र सुनिता खरेल चयन भएका छन् । यसैगरी, कानूनी सल्लाहकारमा सरोजबाबु न्यौपाने, महासचिवमा ठाकुर प्रसाद बख्रेल (मनोज) र कोषाध्यक्षमा केशवराज खड्का चयन भएका लालबन्दी जेसिजका नवनिर्वाचित महासचिव बख्रेलले जानकारी दिनु भयो ।
जेसिजमा एउटा व्यक्ति एक पटक मात्रै सोही पदमा बस्न पाउने व्यवस्था छ । लालबन्दी जेसिज २०२१ का अध्यक्ष श्याम कुमार खड्काको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित पदस्थापन कार्यक्रममा जेसिजका राष्ट्रिय उपाध्यक्ष द्वोय नरेशचन्द्र ओझा र रश्मी बस्नेत लगायतको आतिथ्यता रहेको जेसिज लालबन्दीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech