नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवम निवर्तमान उपप्रधान एवम गृह मन्त्री नारायण काजी श्रेष्ठ आईतबार सर्लाही आउने भएका छन्।सर्लाहीको बागमती नगरपालिका–३ का अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मधेस प्रदेश कमिटि सदस्य तिलक मोक्तानलाई श्रदाञ्जली अर्पण गर्न श्रेष्ठ आईतबार सर्लाही आउने भएका बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।
उनका अनुसार बागमती नगरपालिका–३ का वडाअध्यक्ष मोक्तानको ४७ वर्षको उमेरमा निधन भएको हो।मुटु रोगबाट ग्रसित ४७ वर्षीय वडाध्यक्ष मोक्तानको काठमाडौँमा उपचार कै क्रममा निधन भएको हो ।उनको निधनपछि श्रदाञ्जी अर्पण गर्न नेकपाका नेता श्रेष्ठ सर्लाही आउने भएपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा कार्यकर्ताहरुलाई सहभागीताको लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बागमती नगर कमिटिले आग्रह गरेको छ ।