सिन्धुलीका अधिकांश ग्रामिण सडकहरुकाे स्तराेउन्नती हुदा स्थानिय मारमा परेका छन् । नेपालीहरुकाे मुख्य चाडकाे रुपमा दशै मनाउन गाउँ फर्किनेहरु र चाडपर्वका लागि किनमेल गर्न हाट बजार जानेहरुलाई निकै समस्या परेकाे स्थानियले गुनासाे गरे ।
जिल्लाका अधिकांश भुगाेल तथा स्थानिय निकायका वस्तिहरुमा पुग्न कच्ची सडककाे प्रयाेग गर्नु पर्ने र हिउदकाे समयमा जसाेतसाे ती सडकहरु प्रयाेग गर्न सकिने भएपनि वर्षा लागेपछि पहिराे जाने,सडककाे भित्तामा ढल ननिकालिएका कारण बाटाे नै बगाउने गर्दा चाडपर्वका लागि हाटबजार जाने र चाडपर्व मनाउन गाउँ फर्किनेहरुलाई निकै सास्ती हुने गरेकाे स्थानियकाे गुनासाे छ ।
गाउँ गाउँमा सिहदरवार आयाे भनेपनि एउटा सामान्य बाटाे मर्मत सम्भार गर्न जनप्रतिनिधिहरुकाे ध्यान नपुग्दा आफुहरुलाई सिहदरवार नभएर ससह मात्र आएकाे महसुस भएको स्थानियकाे गुनासाे छ ।
चाड पर्वकाे समयमा पनि सामान्य विग्रेकाे सडक बनाउन ध्यनन नदिने जनप्रतिनिधिहरु नागरिकलाई नचाहिएकाे भन्दै स्थानियले आक्राेस व्यक्त गरे ।