हरिवन ७ का २१ परिवारलाई गाउँब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-२७ गते   ४८७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ७ घुर्कौली पत्थरकोठियामा बसोबास गरि रहेका २१ परिवारलाई गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा)वितरण गरिएको छ ।हरिवन नगरपालिका ७ घुर्कौली पत्थरकोठियामा लामो समयदेखि बसोबास गरि रहेका २१ परिवारलाई हरिवन नगरपालिकाको मसन्वयमा मालपोत कार्यालय मलंगवाले गाउँब्लक जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा)वितरण गरेको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।उनका अनुसार हरिवन नगरपालिका ७ घुर्कौली पत्थरकोठियामा वर्षौंदेखि गाउँब्लक जग्गामा बसोवास गर्दै आइरहेका २१ परिवारलाई नापी कार्यालय मलंगवाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
३० औं वर्षदेखि जग्गाधनी प्रमाण पुर्जाको प्रतिक्षामा रहेका हरिवन नगरपालिका ७ घुर्कौली पत्थरकोठियाका २१ परिवारलाई नापी कार्यालय मलंगवाले आवश्यक प्राविधिक काम पूरा गरेर जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालय मलंगवाका प्रमुख सन्जय मानन्धरले जानकारी दिए । उनले आगामी भदौ महिनाभित्र बरहथवा नगरपालिकाको लौकठ,कौडेना गाउँपालिकाको बत्रौल र पर्सा गाउँपालिकाको नारायणपुरमा एक हजार २ सय परिवारलाई गाउँब्लक जग्गाको जग्गा धनी प्रमाण पुर्जा वितरणको तयारी गरिएको बताए ।
हाल सम्म जिल्लाको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका गरी करिव दुई सय गाउँब्लक जग्गामा बसोबास गरि रहेका परिवारलाई गाउँब्लक जग्गाधनी पुर्जा वितरण गरि सकिएको कार्यालयले जनाएको छ ।लामो समयदेखि बसोबास गरि रहेको भएपनि पुर्जा नपाउँदा आफुहरुलाई निकै समस्या रहेको भएपनि आफ्नै नाममा पुर्जा बनेर पाएपछि अब ऋण लिन लगायतका काम गर्न सहज भएको भन्दै स्थानीय खुसी भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech