सिरहामा व्यापक कपडाको कारोबारी,गणपति भारतीले सहायक हबल्दार सिंहबाट बुझ्छन् कमिसन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-२४ गते   ७८७ पटक हेरिएको

मधेश प्रदेश अन्र्तगत सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा गण सिरहाका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक प्रमोद भारतीले सहायक हबल्दार घुमुवा राखेर चर्काे कमिसन असुल्ने गरेका पाइएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा गण सिरहाका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक प्रमोद भारतीले सहायक हबल्दार अरविन्द सिंहलाई घुमुवा राखेर जिल्लाका भन्सार छली र कपडा कारोवारीहरुसंग चर्काे कमिसन असुल्ने गरेका एक सशस्त्र प्रहरी अधिकारीले बताए ।
उनका अनुसार सहायक हबल्दार सिंहको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ हे.क्वा गण धनुषामा दरबन्दी भएपनि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा गण सिरहाका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक भारतीले सिरहामा राखेर कमिसन असुली चलाएका हुन ।सशस्त्र प्रहरीका भुतपुर्व कर्माचारीहरु बरिष्ठ हबल्दार मन्तोष सिंह,हबल्दारहरु आत्माराम पटेल, मनोज पटेल र सरोज सिंह तथा सहायक हबल्दार अरुण यादव सहित ११ जना भु.पु सशस्त्र प्रहरीका कर्माचारीहरुले जिल्लाको माडरबाट पिकअप बोलेरोमा कपडाको कारोवार गर्ने गरेका र त्यस वापत सहायक हबल्दार सिंह मार्फत सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा गण सिरहाका गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक भारतीले चर्काे कमिसन असुल्ने गरेका ती सशस्त्र प्रहरी अधिकारीले बताए ।
उनका अनुसार डिआईजी गणेश बहादुर ठाडा मगरको आडमा ११ जना भु.पु.सशस्त्र प्रहरी अधिकारीहरुहरुले पिकअप कै प्रयोग गरेर माडरबाट कपडाको अवैध कारोबार गर्ने गरेका पाइएको हो ।प्रस्तावित सिमा सुरक्षा गुल्म माडरका सशस्त्र प्रहरी नायव उपरिक्षकलाई समेत गुम्राहमा पारेर उनीहरुले ठुलो मात्रामा कपडाको कारोवार गर्ने गरेका पाइएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech