Close This

लालबन्दी ६ को मतदान स्थलमा विवाद,एमालेले हस्तक्षेप गरेको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२८ गते   ४९५७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेका मतदानस्थलमा विवाद भएको छ । लालबन्दी नगरपालिका ६ मा रहेको प्रेम ज्योती प्राथमिक विद्यालयमा रहेको मतदान स्थलमा विवाद भएको छ ।
लालबन्दी नगरपालिका ६ को प्रेम ज्योती प्राथमिक विद्यालयमा रहेको मतदान स्थलमा खटिएका कर्माचारीले एउटै मानिसलाई धेरैवटा परिचय पत्र दिएको भन्ने विषयमा विवाद उत्पन्न हुँदा मतदान  अधिकृतको विरुद्ध नाराबाजी भएको छ ।
नेकपा(एमाले)को तर्फबाट वडा अध्यक्षका उम्मेदवारका मानिसहरुले आफ्नो घर परिवार बाहेक अरुको पनि परिचय पत्र लगेपछि नेकपा(एकिकृत समाजवादी) निकटका मानिसहरुले त्यो गलत भएको भन्दै विरोध गरेका हुन ।मतदान  अधिकृत तथा निर्वाचन गराउन खटेका कर्माचारीहरुबाट फरक फरक घरका मानिसहरुको मतदाता परिचय पत्र एउटै मानिसलाई वितरण गर्नु गलत भएको भन्दै एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले विरोध गरेका प्रहरीले जनाएको छ ।
आन्दोलनकारीहरुले मतदान अधिकृत लगायत निर्वाचन गराउन खटिएका कर्माचारीहरुबाट गलत काम भएको भन्दै मतदान  अधिकृत सहित निर्वाचन स्थलमा खटिएका कर्माचारीहरु फिर्ता गएर अरु नै अधिकृत तथा कर्माचारीहरु आउनु पर्ने भन्दै मतदान  अधिकृत तथा कर्माचारीहरुको विरोध गरेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार केही मानिसहरुले आफ्नो घर परिवार भन्दा अरुको परिचय पत्र लगेकामा फर्ता ल्याएका र केही मानिसहरुले फिर्ता नल्याएका कारण छानविन सुरु गरिएको बताउनु भयो ।
यता, नेकपा(एमाले)का नेता तथा कार्यकर्ताहरुले लगेका परिचय पत्रहरु अथासिघ्र फिर्ता गर्नु पर्ने,एकाघर बाहेकका मानिसहरुलाई परिचय पत्र वितरण गर्ने कर्माचारी र मतदान 
 अधिकृतलाई कार्बाही हुनु पर्ने भन्दै नेकपा(एकिकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech