नेकपा(एमाले)सिन्धुलीले ११ औं महाधिवेशनको लागि प्रतिनिधि छनौट प्रक्रिया सुरु गरेको छ ।प्रतिनिधी छनोटका लागि सिन्धुलीका दुई वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट गरी ८६ जनाको उम्मेद्वारी दर्ता भएको नेकपा(एमाले) सिन्धुलीले जनाएको छ।एमाले सिन्धुलीका अनुसार भुगोलबाट चार जनाको उम्मेद्वारी परेको छ ।
उम्मेद्वारी दिएका सदस्यहरु बीच निर्वाचन प्रक्रिया सँगसँगै सहमतीको प्रयास पनि जारी रहने एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए।उनका अनुसार दुबै निर्वाचन क्षेत्रमा सहमतीको प्रयासका लागि छलफल चलाईरहेको छ। सहमतीको प्रयास मंसिर १२ गते बेलुका सम्म हुने अध्यक्ष श्रेष्ठले बताए ।
एमाले सिन्धुलीमा १७ जना प्रतिनिधी छनोटका लागि ८६ जना उम्मेद्वार बीच प्रतिस्पर्धा हुने तथा भुगोल तर्फबाट एक जना प्रतिनिधी छनोटका लागि चार जना बीच प्रतिस्पर्धा हुदै छ । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा क्षेत्र नम्वर १ बाट ४७ र क्षेत्र नम्वर २ बाट ३९ जनाले उम्मेदवारी दिएका छन्।जसमा क्षेत्र नम्वर १ बाट नौ जना,क्षेत्र नम्वर २ बाट आठ जना र भुगोलबाट एक जना गरी १८ जना महाधिवेशन प्रतिनिधी छनोट हुने एमाले सिन्धुलीले जनाएको छ।एमालेको केन्द्रीय महाधिवेशन यही मंसिर २७ गते देखि २९ गते सम्म काठमाण्डौमा हुदै छ ।