हरिवनबाट ठुलो मात्रामा लागु औषध सहित २ जना पक्राउ

1.8k Shares

सर्लाहीको हरिवन नगरपालिका ९ दनुवारीबाट ठुलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । जिल्लाको हरिपुरबाट हरिवन तर्फ आउदै गर्दा १ हजार ४ सय ९५ एम्पुल र १ सय ४४ क्याप्सुल लागू औषध सहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।
ना २० प ९३७ नम्बरको मोटरसाईकलमा हरिवन तर्फ आउदै गरेका चितवनको कालिका नगरपालिका ३ का वर्ष ३५ का दिपक खत्री र काभ्रेपलान्चोकको रोशी  गाउपालिका ४ का  २६ वर्षिय विजय लामालाई शंकालागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा लिएर आउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हरिवनको टोली पक्राउ गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनुभयो ।
डाईजीपाम ४ सय ९५ एम्पुल,फेनार्गन ५ सय एम्पुल,नाम र लेबल नखुलेको ५ सय एम्पुल र स्पास्मो प्रोक्जिन प्लस १ सय ४४ क्याप्सुल सहित गरि १ हजार ४ सय ९५ एम्पुल र १ सय ४४ क्याप्सुल,ना २० प ९३७ नम्बरको मोटरसाइकल र २ जनालाई बिहिबार बिहान नियन्त्रणमा लिएको प्रहरी प्रहरी उपरिक्षक प्रहरी प्रमुख पोख्रेलले बताउनु भयो । 
प्रहरीलाई देखेपछि उनिहरु मोटरसाईक छाडेर भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको र  उनिहरुमाथि थप अनुसारको काम अधि बढाईएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार