Close This

मरिणका विपन्न ६० परिवारलाई सोलार वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-१२ गते   २७९ पटक हेरिएको

सिन्धुलीको मरिण गाउँपालिकाले विपन्न ३० घर परिवारलाई सोलार प्यानल वितरण गरेको छ ।

मरिण गाउँपालिकाको सहयोगमा वडा नम्बर ५ का विपन्न परिवारलाई सोलार वितरण गरिएको मरिण गाउँपालिका ५ का वडा अध्यक्ष प्रचार सिंह बम्जनले  जानकारी दिनुभयो ।यस्तै, बैकल्पिक ऊर्जा कार्यक्रम अन्तगर्त मरिण गाउँपालिका ३ का ३० घरपरिवारलाई आइतबार सोलर प्यानल बितरण गरिएको थियो ।

वडा नम्बर ३ का अध्यक्ष प्रख्यात मोक्तानका अनुसार गाउँपालिकाको १५ लाख सहयोगमा केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको स्थानका बिपन्न परिवारलाई सोलार प्यानल वितरण गरिएको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech