दुर्घटनामा परी एकजनाको ज्यान गएको विषयमा स्थानियद्धारा प्रहरीको भेनमा आगजनी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१२ गते   ६७ पटक हेरिएको

आगजनी पछि क्षेती पुगेको ईप्रका हरिपुरको भेन

सर्लाहीको ईश्वरपुर नगरपालिका  ७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । ईश्वपुर नगरपालिका   ७ मा गस्तिमा रहेको प्रहरीको गाडिमा मोटरसाईकल ठोक्किदा एकजनाको ज्यान गएको हो ।
आईतबार साँझ करिब  ८ बजे गस्तिमा निस्केको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको प्रहरीको गस्तिको भेनमा ना ३४ प ५०१८ नम्बरको मोटरसाईकल ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई  ठोक्किदा ईश्वरपुर नगरपालिका ५ का  अन्दाजी   वर्ष ३४ का   राम कुमार महतो गंभिर घाईते भएका थिए । गंभिर घाईते महतोलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा,सर्लाही लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
स्थानिय महतोलाई प्रहरीले घाईते भएपछि पनि तानेर गाडीले किचेर मारेको भन्दै आक्रोसित स्थानियले प्रहरीको भेनमाथी आगजनी समेत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
आक्रोसित भएका स्थानियकले सोमबार दिनभर ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार तनाव ग्रस्त बनाएका छन् । आक्रोशित एक समूहले ईलाका प्रहरी कार्यालय हरिपुरको बा २ झ ७४८२ नम्बरको भेनमा आग्जनी गरेका प्रहरीले जनाएको छ । केशरगन्ज बयलवासको अवस्था तनावग्रस्त भएपछि थप मद्धतका लागि गएको इलाका प्रहरी कार्यालय हरिपुरको भेनमाथी आक्रोसित स्थानियले आग्जनी गर्दा भेनमा ठुलो क्षेती पुगेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।  आक्रोसित भिडलाई तितरवितर पार्न प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । भने आक्रोसित स्थानियले  ईलाका प्रहरी कार्यालय र प्रहरी माथी ढुंगामुण प्रहार गरेका छन् ।
प्रदर्शनकारीले भने आइतबार राति नै भएको घटना प्रहरीले लुकाएको आरोप लगाएका छन् । सोमबार दिउँसो तीन घण्टा बढी इलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासमा वार्ता चलेकोभएपनि निष्कर्ष ननिस्केको पीडित पक्षले बताएका छन् । बयलवासमा सोमबार बिहानैदेखि ईलाका प्रहरी कार्यालय बरहथबाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकर यादव,जिल्ला प्रहरी कार्यालय मलङ्गवा सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरी र ईलाका प्रहरी कार्यालय हरिपुरकार प्रहरी प्रमुख प्रहरी निरिक्षक वेद बहादुर पौडेलका साथै सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प हरिवनका सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापाको नेतृत्वको टोली खटाइएको सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech