सर्लाहीका वन कर्माचारीहरुलाई कार्यसम्पादनमा सहजता सम्बन्धि तालिम

2.2k Shares

सर्लाहीको डिभिजन वन कार्यालयका वन कर्माचारीहरुलाई रियल टाईम प्याट्राेलिङ कार्यान्वयन अभिमुखिकरण तालिम दिईएकाे छ । 
मधेश प्रदेश वन निर्देशनालयकाे आयाेजनामा  वन कार्यालयहरुमा कार्यरत कर्माचारीहरुलाई आफुले गर्ने काम कार्बाहीकाे सहज र छिटाे व्यावस्थापन तथा रिपोर्टिङ कसरी गर्न सकिन्छ भन्ने जानकारी गराउन तालिमकाे आयाेजना गरिएको प्रदेश वन निर्देशनालयले जनाएकाे छ । कार्यालयका अनुसार मधेश प्रदेशका आठ जिल्लाहरु मध्ये ५ जिल्लाहरुमा रहेका डिभिजन वन कार्यालयमा कार्यरत वन कर्माचारीहरुलाई तालिम सञ्चालन गरिने भएको हाे ।
कार्यक्रममा डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख मन्जुर अहमद्,जिल्लाका सबै सव डिभिजन वन कार्यालयहरुमा कार्यरत कर्माचारीहरु लगायतकाे उपस्थिती रहेकाे डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।                                                                   वन जंगलको संरक्षण र वन कर्माचारीहरुकाे काम कार्बाहीलाई सहजता प्रदान गर्न र छिटाे छरिताे रिपोर्टिङ गर्न सकियाेस भन्ने उद्देश्यले वन कार्यालयहरुका गतिविधिहरुलाई चुस्त दुरुस्त बनाउन प्रविधिकाे प्रयाेग गर्ने तरिका समेत जानकारी गराउन तालिम सञ्चालन गरिएको हाे ।

सम्बन्धित समाचार