सर्लाहीको बागमती नगरपालिका ११ स्थित कर्मैयामा रहेको आदर्श जनता कर्मैया क्याम्पसले आफ्नो ११ औँ प्राज्ञिक भेला सम्पन्न गरेको छ ।बागमती नगरपालिका ११,क्याम्पस परिसरमा आयोजित कार्यक्रममा क्याम्पसको प्राज्ञिक भेला सम्पन्न गरिएको क्याम्पस प्रमुख सन्तोष बानियाले जानकारी दिए । बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन ।भेलामा क्याम्पसको गत आर्थिक बर्ष २०७९÷८० को लेखा परिक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
यसैविच कार्यक्रममा क्याम्पसको आगामि आर्थिक बर्षको योजना तथा कार्यक्रम र त्यसको अनुमानित लागत समेत पेश गरिएको क्याम्पस प्रमुख बानियाले बताए ।यस क्याम्पसमा शिक्षाशास्त्र संकाय अन्तरगत नेपाली,अंग्रेजी,जनसंख्या,गणित र स्वास्थ्य बिषयमा पढाई हुदै आएको छ ।नगर प्रमुख छात्राबृत्ती कार्यक्रम अन्तरगत क्याम्पसले पढाई रोकिएका महिला तथा छात्राहरुलाई शतप्रतिशत छात्राबृत्तीमा भर्ना गरिरहेको क्याम्पस जनाएका हो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरि पुडासैनीको अध्यक्षतामा सम्पन्न भेलामा बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तान,बागमती नगरपालिका १ का वडा गम्भिर सिंङ पाख्रिन,बागमती २ का वडा अध्यक्ष बाबु बल र बागमती नगरपालिका ११ का प्रदिप आचार्य लगायत स्थानीय भद्रभलादमीहरुको आतिथ्यता रहेको थियो ।