कांग्रेस सर्लाहीका उपसभापति अधिकारीको निधन,पशुपति आर्यघाटमा दाहसंस्कार

146 Shares

नेपाली कांग्रेस सर्लाहीका उपसभापति नवीन अधिकारीको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ।आईतबार निधन भएका उप सभापति अधिकारीको आईतबार दाहसंस्कार गरिएको अधिकारी परिवारले बताएका छन् ।
मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि शहिद गंगालाल राष्ट्रिय हृदयघात केन्द्र काठमाडौमा गएका उप सभापति अधिकारीको आइतबार साँझ उपचारको क्रममा निधन भएको थियो।बरहथवा नगरपालिका १११ निवासी ६० वर्षीय अधिकारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकाको नगर प्रमुख पदका प्रत्यासी थिए। नेपाली कांग्रेस सर्लाहीको गत जिल्ला अधिवेशनमा सबै पदहरु संस्थापन पक्षले जित्दा इतरबाट जिल्ला उप सभापतिमा निर्वाचित हुने अधिकारी एक्लो नेता रहेका नेपाली कांग्रेस सर्लाहीका नेताहरुले बताएका छन् ।
कांग्रेसका नेताहरुले श्रद्धाञ्जली कार्यक्रम गर्ने र सोमबारमात्रै दाहसंस्कार गर्ने प्रस्ताव राखेपनि परिवारजनको चाहनाअनुसार आईतबार  राती नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको कांग्रेसका एक नेताले जानकारी दिए।स्व.अधिकारीका श्रीमती र दुई वटी छोरी रहेका छन् ।

सम्बन्धित समाचार