सर्लाहीको हरिपुर नगरपालिका ३ स्थित फरहदवामा दाईजोको विषयलाई एक महिलाको हत्या भएको छ । हरिपुर नगरपालिका ३ स्थित फरहदवाका अब्दुल साह फकिरले आफ्नी अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार माईतबाट रु एकलाख नगद दाईजो नल्याएकी भन्दै उनका श्रीमान अब्दुलले श्रीमती इदालाई पटक पटक मानसिक तथा शाररिक यातना दिने गरेका थिए । आफ्नो घरमा बस्ने वातावरण नभएको भन्दै इदा माईत गएकी र पछि गाउँमा छलफल गरि इदालाई पुन घर ल्याइएको स्थानीय इन्दी मन्सुरले बताए ।र घर आएकी आफ्नी छोरी इदाको हत्या भएको मृतकका बुबा मन्सुर साह फकिरले बताउनुभयो । ज्वार्ई अब्दुल र उहाँका परिवारहरुले ईदालाई पटक पटक निर्घात कुटपिट तथा मानसिक यातना दिने गरेका छोरीले आफुलाई बताएकी मृतकका बुबा मन्सुरले बताए ।
“इदाका अन्दाजी ५ वर्षिय छोरा कमलेन साहले भनेपछी मात्र हामीलाई थाहा भयो,छोरी इदाको हत्या भएको रहेछ ।हामी शवलाई हेर्न जाँदा मृतक इदाको पुरै शरिरमा माटो लागेको थियो,मुखमा कपडा कोचेर कुटपिट भएको र मृत्यु भएपछी भुण्डयाएको रहेछ ।”मृतकका बुबा मन्सुरले बताए । घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी हरिपुर नगरपालिका ६ स्थित लक्ष्मीपुरबाट जल्दै गरेको अवस्थामा एउटा शव प्रहरीले नियन्त्रणमा लिएको छ ।हरिपुर नगरपालिका ६ लक्ष्मीपुरकी अन्दाजी ४५ वर्षिय इन्द्रकलादेवी साहलाई आफ्ना श्रीमान राजाराम साहले कुटपिट गरि घाईते बनाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार पश्चात् अन्यन्त्र उपचारको लागि भन्दै लगेका भएपनि उपचार नगरी घरमै राखेका थिए ।
कुटपिटबाट मृत्यु भएकी इन्द्रकलादेवीको शवलाई कसैलाई थाहा नदिई लखन्देही नदीमा दाहसंस्कार गर्न लगिएको खबर पाएपछि प्रहरीले शवलाई चिताबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।
उनका अनुसार लालबन्दी र हरिवनको सिमानास्थित रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरि पोस्ट मोर्टमको लागि प्रादेशिक अस्पताल सर्लाही पठाईएको छ ।इन्द्रकलादेवीका श्रीमान राजाराम घटना भएकै दिनदेखि फरार रहेका छन् । शवलाई कानुनी प्रकृया पूरा नगरी जलाउन सहयोग गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।