पर्सामा शसस्त्र प्रहरीको सेटिङमा अवैध धन्दा फस्टाएको छ । हार्डवेयर,लक्ताकपडा,किरानाका सामानहरुका साथै चिनी,सुपारी,छोकडा सहित लागुऔषध कारोबार गर्नेहरुले समेत शसस्त्र प्रहरीको आश्रय पाएका पाएका छन् ।
शसस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोख्रेलको निर्देशनमा जिल्लाका रहेका १५ वटा बिओपीपतिहरुले असुली धन्दा चलाएका छन् । जिल्लाको वीरगन्जदेखि ठोरी सम्ममा १७ वटा बिओपी रहेका भएपनि १५ वटा बिओपीपतिहरुले शसस्त्र प्रहरी उपरिक्षक पोख्रेलको निर्देशनमा असुली धन्दा चलाएका शसस्त्र प्रहरी स्रोतले जनाएको छ ।
जिल्लाको शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) वीरगन्जका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक रविन्द्र प्रसाद भट्ट,शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सिर्सियाका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक तिर्थराज न्यौपाने, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) ड्राईपोटका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक सुभाष थापा, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) अलौका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक लक्ष्मण पन्थी, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) अमरपट्टीका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक इन्द्र नारायण चौधरी,शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) पकाहामैनपुरका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक चुनचुन कुमार सिंह, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) लहावरथकरीका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक ऋष्किेश राउत, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) भष्विाका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक सुनिल कुमार दास, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) मिर्जापुरका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक श्यामानन्द चमार, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) भिखमपुरका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक संजय कुमार गोईत, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) पिडारीगुठीका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक नेत्रबहादुर के.सी रहेका छन् ।
त्यस्तै, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) महादेवपट्टीका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक रमेश शाख, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सुर्वणपुरका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक दिपक नापित, शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सुरुची विजयबस्तीका बिओपी पति शसस्त्र प्रहरी नायव निरिक्षक भुपेन्द्र प्रसाद बहडखेर र शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) ठोरीका बिओपी पति शसस्त्र प्रहरी निरिक्षक नारायण प्रसाद सेढाईको मिलेमतोमा हार्डवेयर,लक्ताकपडा,किरानाका सामानहरुका साथै चिनी,सुपारी,छोकडा सहित लागुऔषध कारोबार गर्नेहरुले समेत शसस्त्र प्रहरीको आश्रय पाएका पाएका छन् ।
उनिहरुले ठूलो रकम संकलन गर्ने र केही रकम आफु राखेर बाँकी रकम शसस्त्र प्रहरी उपरिक्षक पोख्रेललाई पठाउने गरेका एक शसस्त्र प्रहरी अधिकारीले बताए । पर्सालाई देशकै व्यापारीक हकको रुपमा हेरिने गरेको र सो जिल्लाका सिमा क्षेत्रबाट असुल राम्रोे हुने भएकाले धेरै शसस्त्र प्रहरी अधिकारीहरु ठूलो रकम खर्च गरेर पर्साका बिओपीहरुमा आउने गरेका पाइएको छ । शसस्त्र प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा घुमुवा राख्न नपाउने बताएपनि मधेश प्रदेशका गण तथा बिओपीहरुले ठूलो संख्यामा यसरी सादा पोशाकमा घुमुवाहरु परिचालन गरि रहेका छन् । मधेश प्रदेश छिन्नमस्ता बाहिनीका आत्माराम पटेलको नेतृत्वमा मधेश प्रदेशमा करिब १२ जना शसस्त्र प्रहरी कर्माचारीहरुलाई सादा पोशाकमा परिचालन गरेर असुली धन्दा चलाएको छ ।