सिन्धुली १ का रास्वपा सांसद कार्कीको सचिवालय मन्त्रीपरिषद्कै आकारमा

244 Shares

सिन्धुली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीले १६ सदस्यीय सचिवालय गठन गरेका छन्।नेपाल सरकारको मन्त्रिपरिषद्मा १७ जना मन्त्री रहेको सन्दर्भमा सांसद कार्कीको सचिवालयको संरचना पनि मन्त्रीकै हाराहारीमा देखिएको छ।सांसद कार्कीको सचिवालयमा एक जना मात्र वैतनिक प्रमुख स्वकीय सचिव छन् भने बाँकी १५ जनाले अवैतनिक रूपमा स्वकीय सचिवको जिम्मेवारी पाएका सांसद कार्कीले बताए ।
सांसद कार्कीको सचिवालयमा मनिष कार्कीलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिइएको छ ।रेशम पोखरेल प्रमुख राजनीतिक सल्लाहकार तथा विजय कार्की राजनीतिक सल्लाहकारका रूपमा नियुक्त भएका छन्।शिक्षा सल्लाहकारको जिम्मेवारी भोला मान सिंह राउतलाई दिइएको छ।अधिवक्ता अञ्जना गौतम र अधिवक्ता अभिषेक राउत कानुनी सल्लाहकारका रूपमा  नियुक्त भएका छन् ।
त्यसैगरी,सागर खत्रीलाई क्षेत्रीय विभाग संयोजक र देव बहादुर बुढाथोकीलाई व्यवस्थापन संयोजक तोकिएको छ।सृष्टि गौतम सञ्चार तथा कानुनी सल्लाहकारका रूपमा सचिवालयमा समेटिएकी छन्।सूचना,प्रविधि तथा सञ्चार विभागको जिम्मेवारी साकार कोइरालालाई दिइएको छ ।सचिवालय सदस्यका रूपमा रमेश खत्री,मेघबहादुर खत्री,गुन्जबहादुर कार्की,प्रेमबहादुर कार्की, सुवास अर्याल र विवश थापा नियुक्त भएका छन्।यसरी सचिवालयमा राजनीतिक,कानुनी, शैक्षिक,व्यवस्थापकीय,सञ्चार तथा क्षेत्रीय समन्वयसँग सम्बन्धित जिम्मेवारी छुट्टाछुट्टै व्यक्तिलाई प्रदान गरिएको सांसद कार्कीले बताए ।
उनका अनुसार सचिवालय गठनको उद्देश्य जनताको आवाजलाई प्रभावकारी रूपमा संसद्सम्म पु¥याउनु र नीति निर्माणको तहमा त्यसलाई सम्बोधन गर्न सहयोग गर्नु हो।सचिवालयले निर्वाचन क्षेत्रका नागरिकका समस्या,सुझाव तथा अपेक्षालाई व्यवस्थित रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पु¥याउने काम गर्ने सांसद कार्कीले बताए ।सचिवालयका सदस्यहरूको कार्यविभाजनमार्फत जनसम्पर्क,अध्ययन,कानुनी परामर्श,सूचना आदान प्रदान,क्षेत्रीय समन्वय र व्यवस्थापनका कामलाई संस्थागत बनाउने तयारी गरिएको सांसद सचिवालयले जनाएको छ।सांसदको संसदीय भूमिका तथा निर्वाचन क्षेत्रसँगको समन्वयलाई प्रभावकारी बनाउन सचिवालयले आवश्यक सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । वैतनिक र अवैतनिक दुवै प्रकृतिका सदस्य समेटिएको यो संरचनाले सांसदको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने दाबी गरिएपनि रास्वपाकै नेताहरुले यस अघि लावालस्कर र ठूलो संख्यामा सांसद तथा सचिवालय किन भन्दै प्रश्न गरेको भएपनि अहिले त्यही परम्परालाई पछ्याएको छ ।

सम्बन्धित समाचार