सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पताललाई एक थान इसिजी मेसिन प्राप्त भएको छ ।स्वास्थ्य तथा जनसङ््या मन्त्रालयले नगर अस्पताललाई इसिजी मेसिन उपलब्ध गराएको नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी,सुविधा सम्पन्न र सेवामुखी बनाउन अस्पतालसंग एउटा इसिजी मेसिन रहेको भएपनि कुनै कुनै दिन समस्या हुने गरेको अवस्थामा अबदुई वटा इसिजी मेसिन भएका हुन ।
यस अघि एउटै इसिजी मेसिनलाई ओपिडी र इमरन्जेसीमा पालैपालो प्रयोग गर्ने गरिएको भएपनि अब थपिएको एउटा इसिजी मेसिन ओपिडी र अर्को इमरन्जेसीमा प्रयोग गरिने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगर अस्पतालमा पछिल्लो समय सर्लाहीका अन्य पालिकाकाहरुका साथै छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने गरेका कारण चाप अत्यधिक बढिरहेको छ ।
लालबन्दी नगर अस्पतालमा अहिले पाँच÷छ जना विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत बसेर सेवा प्रदान गरी रहेका छन् भने स्त्री तथा प्रसुती रोगका विशेषज्ञ चिकित्सक समेत रहेका कारण अस्पताल प्रति सेवाग्राहीहरुको विश्वास बढ्दै गएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए ।उनका अनुसार लालबन्दी नगर अस्पतालमा रहेको प्रयोगशाला (ल्याब) समेत मधेश प्रदेशमै उत्कृष्ट रहेको साथै अस्पतालको ओपिडीसँगै प्रयोगशालामा समेत सेवाग्राहीहरुको उत्तिकै भीड लाग्ने गरेको छ ।