कामना बैँकद्धारा हरिवन १ को आश्रममा सहयोग

452 Shares

सर्लाहीको हरिवन नगरपालिका १  स्थित कैलाशपुरीमा रहेको मानव सेवा आश्रममा आश्रित मानवहरुको लागि दुई थान वाटर प्युरिफायर र केही  खाद्य सामाग्री सहयोग प्राप्त भएको छ ।कामना सेवा विकास बैंक शाखा हरिवनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाको भावना राख्दै हरिवन नगरपालिका १  स्थित कैलाशपुरीमा रहेको मानव सेवा आश्रममा आश्रित मानवहरुको लागि दुई थान वाटर प्युरिफायर र केही  खाद्य सामाग्री सहयोग गरेको शाखा प्रवन्धक  चुडामणि धितालले जानकारी दिए ।उनका अनुसार बैँकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समयमा सामाजिक कामहरु गर्दै आएको छ ।
बैँकका मधेस प्रदेश प्रमुख श्याम चुहाई सहित बैँकका कर्मचारीहरु र स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीय सामाजसेवीहरुको विशेष उपस्थितिमा सहयोग सामाग्री प्राप्त भएको आश्रमका अभिभावक परिवारका सह संयोजक विप्लव कार्कीले बताए ।उनका अनुसार आगामी दिनहरुमा पनि थप सहयोग गर्ने बैँकका मधेस प्रदेश प्रमुख चुहाईले प्रतिवद्धता जनाएका छन् ।वेवारिसे र मानसिक सन्तुलन गुमाएका मानवहरुलाई खाना,नाना,छाना र उचित औषधिउपचार गराउदै आएको आश्रममा हाल बालबालिका सहित ६० जना मानिसहरु रहेको आश्रमका अभिभावक शौर्य प्रताप सिंहले बताए । 

सम्बन्धित समाचार