नेकपा एसले गरेको गतिविधि जनतालाई जानकारी गराउन अभियान थालिएको नेकपा एसका अध्यक्ष नेपालको भनाई

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-१७ गते   ४७२ पटक हेरिएको

अहिलेको सरकारले गरेका काममा आफुहरुले निरन्तर ध्यानाकर्षण गराई रहेको नेकपा(एककिृत समाजवादी)पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले बताएका छन् । मेची महाकाली समाजवादी जागरण अभियान अन्र्तगत सर्लाहीमा भएको कार्यक्रममा नेकपा(एस)का अध्यक्ष एवम पुर्व प्रधान मन्त्री नेपालले यस्तो बताएका हुन । उनले राज्यले कृषि,उद्योग र पर्यटनमा दिर्घकालिन लगानी गर्दा विदेशिने युवाहरु रोक्न सकिने समेत बताए ।अहिलेको गठबन्धन सरकार भ्रष्टाचार,अत्याचार र अन्यायका विरुद्ध निमर्म भएर लागेको बताउदै सरकारले जनताका सामान्य कुराहरुमा ध्यान नपुर्याए आफुहरुले ध्यानाकर्षण गराउने गरेको समेत मेची महाकाली समाजवादी जागरण अभियान अन्र्तगत सर्लाहीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(एस)का अध्यक्ष एवम पुर्व प्रधान मन्त्री नेपालले यस्तो बताएका हुन । 
उनले अहिलेको गठबन्धन सरकारले गरेका राम्रा कामको पनि विरोधीहरुले नकारात्मक प्रचारबाजी गरेका कारण त्यसलाई चिर्न र नेकपा(एस)ले गरेका कामको जनतालाई जानकारी गराउन मेची महाकाली समाजवादी जागरण अभियान २०८० सुरु गरिएको बताए । अध्यक्ष नेपालले सामाजिक,जातिय,भाषिक र धार्मिक सद्भाव कायम राख्दै मानविय एकता कायम राख्न जनतासंग आग्रह समेत गरे ।यस अघिको सरकारले जनताका समस्या समाधान गर्न नसकेको र देश आर्थिक,राजनीतिक र सांस्कृतिक संकटामा पुगेको  नेकपा(एकिकृत समाजवादी)पार्टीका नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खानलले बताए ।उनले  शोषण,दमन  र विकृति विसंगतिलाई अन्त्य गर्न समाजवादी मोर्चा गठन भएको बताए ।
भ्रष्टाचार,विकृति र विसंगति पुजीवादले निम्त्याएको र यस प्रकारको समस्यालाई अन्त्य गर्न समाजवादी मोर्चा लागि रहने एसका नेता एवम पुर्व प्रधानमन्त्री खनालले बताए । उनले अहिलेको सरकारले किसानहरुलाई सहुलियतमा ऋण,मल र बिऊ बिजन दिदैँ किसानहरुले उत्पादन गरेका कृषि उपजको बजार र मुल्य पनि सरकारले व्यावस्था गर्नु पर्ने समेत बताए ।२०७० सालमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत बनेका एसका नेता एवम पुर्व प्रधानमन्त्री खनालले नेकपा(एकीकृत समाजवादी) पार्टीको मेची महाकाली समाजवादी जागरण अभियान २०८०  अन्तरगतको सर्लाहीको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
भ्रष्टाचार अन्त्य,रोजजगारी सृजना गर्ने र सुशासन कायम गराउने यात्रामा अहिलेको सरकार लागि परेको समेत बताए ।उनले अहिलेको गठबन्धन सरकारले गरेका काम देखेर केही विपक्षीहरु तर्सीएर बरबराउन थालेका समेत बताए । नेकपा एस सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता एवम नेकपा एसका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री नेपालको प्रमुख आतिथ्यता र नेकपा एसका नेता एवम पुर्व प्रधानमन्त्री खनालको विशेष अतिथ्यतामाका नेकपा(एकीकृत समाजवादी) पार्टी सर्लाही जिल्ला कमिटिको आयोजनामा भएको मेचि महाकाली समाजवादी जागरण अभियान २०८० सर्लाहीको लालबन्दीमा सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech