डुबेर बालकको मृत्यु,थिङको शव जंगलमा फेला,करेन्ट लागेर शिशु घाइते

170 Shares

सर्लाहीको बसबरिया गाउँपालिका–६ सहोढवा गाउँमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।गाउँको चट्टीबाबा मठको सार्वजनिक पोखरीमा डुबेर स्थानीय अन्दाजी १४ वर्षीय रविराज साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार बालक नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै,सर्लाहीको कौडेना गाउँपालिका–१ मा बिहीबार दिउँसो करेन्ट लागेर ११ महिने शिशु घाइते भएकी छन्।ईश्वरपुर नगरपालिका–८ घर भई कौडेनास्थित मामाघरमा बस्ने सरोज साहकी छोरी ११ महिनाकी अङिकता कुमारी साह सुतिरहेका बेला नजिकै रहेको टेबल पङ्खाबाट करेन्ट प्रवाह भइ घाइते भएकी हुन्।शिशुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै,सर्लाहीको हरिवन नगरपालिका–७ मा तीन दिनदेखि बेपत्ता प्रेमबहादुर थिङ बिहीबार मृत फेला परेका छन्।५० वर्षीय थिङलाई हरिवन नगरपालिका–६ चार्लीस्थित सामुदायिक वन नजिक चार्लीबाट मुर्तियातर्फ जाने नहरको डिलमा मृत फेला पारिएको हो।बिहीबार दिउँसो वनमा निगुरो खोज्न गएका मानिसले थिङलाई मृत फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए ।

सम्बन्धित समाचार