नैना हस्पिटलका चिकित्सककाे लापर्वाहीले नवजात शिशुकाे ज्यान गयाे ।

2.3k Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ३ त्रिभुवननगर का रविन्द्र साह र चंचला देवीका नवजात शिशुकाे चिकित्सककाे लापर्बाहिका कारण ज्यान गएकाे छ ।  जनकपुरधाममा रहेको नैना हस्पिटलको लापरबाहीका कारण आफ्नाे नवजात शिशुको ज्यान गएकाे  पीडित परिवारले आरोप लगाएका छन्।
सुत्केरी व्यथा लागेपछि परिवारले उपचारका लागि चैचलालाइ प्रादेशिक अस्पताल जनकपुरमा  डा. अभय मण्डलले अपरेशन गरी पेटबाट बच्चा निकालेका थिए। शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादेशिक अस्पतालको एनआइसियू खाली नरहेको भन्दै शिशुलाई नैना हस्पिटल पठाएको शिशुका  पिता रविन्द्रले बताउनु भयाे ।
‘डा. मण्डलले शिशुलाई रामानन्दचोकस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटलमा लगेर एनआइसियूमा राखेर उपचार गर्नु सुझाब दिएपछि   शिशुकाे  नैना हस्पिटलमा लगेर उपचार सुरु गरिएकाे थियो। तर एक्कासि शिशुको मृत्यु भएपछि पीडितहरुले चिकित्सककाे लापर्बाहीले आफ्नाे  शिशुको ज्यान गएकाे आराेप लगाएका छन् ।
चिकित्सकहरूले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा रु ३२ हजारको बिल बनाएर अन्ततः आफ्नो सन्तानलाई मारेको रविन्द्रको आराेप छ ।
घटना सम्बन्धमा डा.मण्डलले भने,‘चंचलाको डेलिभरी कुन अवस्थामा भयो, त्यो मलाई जानकारी भएन्। तर, शिशु जन्मेपछि उसको हर्टबिट कम थियो, त्यसैले एनआइसियूमा राखेर उपचार गरियो। अस्पतालले सकेसम्म शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो। तर, बचाउन सकिएन।’
नैना हस्पिटलकाे दर्ता छैन ?
स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानून बमोजिम स्थापन भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको हुनुपर्नेमा नैना हस्पिटल दर्ता नै नभई सञ्चालन भएको पाईएकाे छ।
मधेश प्रदेशका अधिकांश अस्पतालहरू दर्ताबिना नै बर्षौंदेखि सञ्चालनमा रहेका छन्।यस्ता अस्पतालहरू दर्जनौंको संख्यामा रहेपनि  प्रदेश सरकार तथा स्थानिय सरकारले अनुगमनतर्फ कुनै चासो नै देखाएको छैन्।
त्यस्तै कुनै पनि कागजात नभएका,अनुमति लिनु पर्ने सम्बन्धित स्थानबाट अनुमति समेत नलिएको पाईएकाे भए पनि स्थानिय सरकारकाे अनुगमन समिति अनुगमनकाे नाममा कमिसन असुल्नमा व्यस्त रहेकाे देखिन्छ ।
जनकपुरधाम उपमहानगरपालिका ८ काे  ५० शैयाको नैना हस्पिटल प्रा.लि  विगत १६ महिनादेखि दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको छ। यो अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा सञ्चालन भई रहेकाे  छ। कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। तर यस हस्पिटलले स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन्।
यस अस्पतालको दर्ताको बारेमा मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले कुनै चासाे नराखेकाे पाईएकाे छ ।
‘यो अस्पतालको दर्ता सम्बन्धमाआफुलाई  कुनैपनि जानकारी नभएको ’ निर्देशनालयका निर्देशक विजय झाले बताउनु भयाे । यो हस्पिटल सामान्य भवनमा चलिरहेको छ, जुन मापदण्ड विपरित हो। कुनैपनि अस्पतालले सेवा सञ्चालन गर्दा अस्पताल रहने स्थान धुंवा, धुलो,ध्वनि,जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्नेमा यस अस्पतालले त्यस्तो मापदण्डको कुनै पालना नै नगरेकाे निर्देशक झाले बताउनु भयाे  । यस सम्बन्धमा अस्पतालका सञ्चालक डा. वृजमोहन रजकले आफूहरू हस्पिटल दर्ताको प्रक्रियामा रहेको बताउनु भयाे ।
प्रादेशिक अस्पतालका चिकित्सक नै विचौलिया
प्रादेशिक अस्पतालमा उपचार हुँदैन,दक्ष जनशक्ति र स्रोत साधनको अभाव छ भन्दै बिरामीलाई निजी अस्पतालमा पठाउने काममा चिकित्सक नै संलग्न रहेको पाइएको छ।प्रादेशिक अस्पतालमा कार्यरत डा. मण्डल नैना हस्पिटलमा पनि काम गर्छन्। प्रादेशिकमा अपरेशनमार्फत शिशु जन्मेपछि यहाँ एनआईसियू खाली छैन्,यसलाई थप उपचारका लागि नैना हस्पिटलमा लग्नुपर्छ भन्दै डा मणडलले नै परिवालाई दबाब दिएका थिए।
नैनाकाे फार्मेसीमा ब्रम्हलुट
नैना हस्पिटलले हस्पिटलको हाताभित्रै सञ्चालन गरेको फार्मेसी पनि दर्ताबिना नै सञ्चालन गरी बिरामीसँग अवैध रकम असुल गरिरहेको पाईएको छ।अस्पताल भित्र दर्ताबिना नै औषधी पसल सञ्चालन भएको र औषधीको दररेट दोब्बर लिने गरेको बिरामीका आफन्तहरूको गुनासो छ। औषधी पसलमा अनुमतिपत्र अर्थात फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधी बिक्री वितरण गरिरहेका छन्। याे एक प्रतिनिधिमुलक हस्पिटल मात्र हाे । 

सम्बन्धित समाचार