Close This

रु २ करोड भन्दा बढीमा प्रहरी चौकी त्रिभुवन नगरको भवन निर्माण,डिआइजी रन्जीतकारद्धारा उद्धघाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२३ गते   ४३ पटक हेरिएको

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवन नगरमा रहेको प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । विगत लामोसमयदेखि भाडाको भवनबाट आफ्नो प्रसाशनिक काम गर्दै आएको प्रहरी चौकीको शुक्रबार आफ्नै भवन उद्धघाटन गरिएको हो ।
एक कार्यक्रमका विच प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआजी) उमेश रन्जितकारले प्रहरी चौकीको उद्धघाटन गर्नु भएको हो । प्रहरी चौकी उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको डिआइजी रन्जीतकारले सीमामा रहेका प्रहरी लाई जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले सीमा क्षेत्रमा अपराध, चोरी निकासी बढी हुने भएकाले आफ्नो मातहतका प्रहरीलाई थप जिम्मेवार भइ काम गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय सउर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दनु भयो ।
भारतीय बजारसँग सीमा जोडिएको र दिनहुँ अवैध ढंगले सामान ओसार पसार हुने भएकाले जिम्मेवार भएर काम गर्न उहाँले जिल्लाको सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरु र प्रहरी अधिकारीहरुलाई आग्रह गर्नु भयो । न्युन स्रोत साधनका बावजुत उच्च मनोबलका साथ नेपाल प्रहरीले कार्य गर्दै आएको बताउदै, भवन निर्माण पछि कार्यसम्पादनमा सहज हुने उहाँले विश्वास लिनु भयो ।
सुन्दर भवनबाट अत्यन्त सुन्दर सेवा प्रवाह हुनेमा आफु विश्वस्त रहेको कार्यक्रमा बोल्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनु भयो । उहाँले अपराध नियन्त्रण गर्न प्रहरीको प्रयासले मात्र नहुने भएकाले सूचना प्रविधिको विकास आवश्यक रहेको बताउनु भएको छ । 
आफ्नो गाउँपालिकामा महिला हिंसाको घट्ना बढि रहेकाले यसको न्यूनिकरणको लागि महिला प्रहरीकोसंख्या थप गर्नु आवश्यक रहेको ब्रहम्पुरी गाउँपालिकाकी उपाध्यक्ष गिता देवी यादवले बताउनु भयो । उहाँका अनुसार महिला प्रहरी साथमा हुदाँ आफूलाई काम गर्न सजिलो हुनेउहाँले बताउनु भयो ।
२०३८ सालमा स्थापना भएको प्रहरी चौकीले लामोसमयपछि आफ्नैभवनबाट सेवा शुरु गरेको छ । रु २ करोड ३५ लाखको लागतमा नयाँ भवनको निर्माण सम्पन्न गरिएको छ । करिव १४—१५ महिनामा निर्माण सम्पन्न भवनको वि.स.२०७६ साल जेठ ६ गते शिलान्यास गरिएको थियो ।
बेलायती संस्था डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआइडी) को आर्थिक सहयोग, युनाइटेड अफिस फर प्रोजेक्ट सर्भिस काठमाडौँ (युएनओपीएस) अन्तर्गत मोर्डनाइजेसन एण्ड इमप्रुभ्मेन्ट अफ पुलिस प्रोजेक्ट (एमआइपीपी) को सहयोगमा भवनको निर्माण गरिएको हो । नवनिर्मित भवनमा ११ कोठा, मेश, बाथरुम र अपाङ्ग मैत्री शौचालय समेत रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech