भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनको क्रममा सरकारी तथा निजी संरचनाहरुमा तोडफोड,आगजनी तथा लुटपाट गर्ने कार्यमा संग्लग्न रहेका भन्दै केही दिन पहिला जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १५ जना युवाहरुलाई नियन्त्रणमा लिएको थियो ।सिन्धुली,सर्लाही र महोत्तरीका गरी १५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको भएपनि उनीहरुलाई शुक्रबार रिहा गरिएपछि त्यसको जस लिनेहरुको होडवाजी चलेको छ ।
प्रहरीको नियन्त्रणमा रहेका १५ जना युवाहरू शुक्रबार रिहा भएसँगै आन्दोलनको क्रममा भूमिगत भएका तथा लुकेर बसेका केही स्थानीय अगुवाहरूले सामाजिक सञ्जालमा“सबै युवाहरु मैले गर्दा छुटेका”भन्दै जस लिने होडबाजी चलेको छ । पक्राउ पर्ने डरले सुरुमा जेनजीका तथाकथित नेता सुरक्षाकर्मीहरुको डरले भागेका र राजनीतिक नेताहरूको छत्रछायामा लुकेर बसेका भएपनि अहिले सहमति भएर युवाहरू रिहा भएपछि उनीहरू एक्कासी“फिल्ड”मा आएर सम्पूर्ण श्रेय आफैँले लिन खोजिरहेका सिन्धुलीका जेनजी युवाहरुले बताएका छन् ।
पक्राउ परेका युवाको रिहाइमा भने विभिन्न व्यक्तिहरूको सक्रिय पहल देखिएको छ।जेनजी आन्दोलनको समयदेखि नै समन्वयात्मक काम गरि रहेको तत्कालीन नेकपा(माओवादी केन्द्र)हालको नेपाली कम्युनिष्ट पार्टीका केही नेताहरुले पक्राउ परेका युवाहरुको परिवारलाई सम्पर्कमा ल्याउने तथा सुरक्षा निकायसंग समन्वय गर्ने काम गरेका कारण युवाहरु रिहा भएका स्थानीय युवा महेश श्रेष्ठ(कृतिक)ले बताए ।उनका अनुसार युवाहरु छुटेको विषयमा जस लिन होडबाजी भएको भएपनि जेनजी आन्दोलनको क्रममा तोडफोड,आगजनी तथा लुटपाट गर्ने जेनजी नभएर अराजक तत्व रहेका कारण जेनजी युवाहरुलाई राज्यले कुनैपनि बाहनामा गिरफ्तार गर्न नहुने पक्षमा तत्कालीन नेकपा(माओवादी केन्द्र)हालको नेपाली कम्युनिष्ट पार्टीका नेताहरु रहेका र उनीहरुकै समन्वयात्मक भूमिकाका कारण युवाहरु रिहा भएका हुन ।केही मानिसहरुले पक्राउ परेका युवाका परिवारसँग नियमित सम्पर्क गरेर ढाडस दिने काम गरिरहेका एक पीडित परिवारका एक सदस्यले बताए ।उनको यो अभिव्यत्तिले अन्य कुनै मानिसले सामाजिक सञ्जालमा लेखे झैँ कुनैपनि भूमिका नखेलेका प्रष्ट हुन्छ ।