सशस्त्र प्रहरी पर्साद्वारा भन्सार छलेक सामान र लागू आैषध बरामद

1.7k Shares

 पर्साकाे वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयाे  । उहाँका अनुसार ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक इलेक्ट्रोनिक्स सामान, औषधीलगायतका सामग्री रहेका पाईएकाे छ  ।
 ट्रकको मुल्य रु ३० लाख र सामग्रीको मुल्यांकन रु ६० लाख ७५ हजार ४ सय १६  गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।सामग्री सहितको ट्रक आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पर्साकाे छिपहरमाई गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट साउन १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १९ वर्षिय रोहित कुमार सोनारलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउटपाेष्ट( बिओपी )भिष्वाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट डाईजोपाम ३ सय एम्पुल, नोफिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल फेला पारेको हो । पक्राउ परेका सोनारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साले बुझाएको छ ।

सम्बन्धित समाचार