Close This

उबासंघ लालबन्दीको सातौँ वार्षिक साधारण सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-२२ गते   ३५६ पटक हेरिएको

उद्योग बाणिज्य संघ लालबन्दीको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको विशिष्ट आतिथ्यतामा उद्योग बाणिज्य संघ लालबन्दीको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
आइतबार सम्पन्न सातौँ बार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६\७७ को कुल आय÷व्याय प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०७७\७८ को अनुमानित आय÷व्याय समेत संस्थाका कोषाअध्यक्ष राम प्रसाद देवकोटाले प्रस्तुत गर्नु भएको थियो ।  आ.व २०७६\०७७ को कुल आय÷व्याय रु ५० लाख ८१ हजार ७ सय १४ रुपैँया ६७ पैसा र आ.व. २०७७\०७८ को अनुमानित आय÷व्याय रु ६३ लाख २ सय ५० रुपैँया प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।


संस्थाका अध्यक्ष कल्याण कुमार ज्योशीको अध्यक्षतामा भएको संस्थाको सातौँ वार्षिक साधारण सभामा उपस्थित वक्ताहरुले व्यापारीहरुको अनुहार हंसिलो पार्न स्थानिय,प्रदेश र केन्द्र सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् । उनिहरुले कोरोना महामारीका कारण थलिएका व्यापारीहरुलाई तिनै तहका सरकारले केही कर छुटको व्यावस्था गर्नु पर्ने माग गरेका छन् ।
यता कार्यक्रमकी विशिष्ट अतिथी लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले उद्योग बाणिज्य संघ लालबन्दी र लालबन्दी नगरपालिकाको सम्बन्ध नङ्ग र मासुको जस्ते रहेको बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ लालबन्दीलाई लालबन्दी नगरपालिकाले सकेको सहयोग गर्ने बताउनु भयो । नगरको विकासमा उद्योग बाणिज्य संघ लालबन्दी र नगरपालिकासंगै जानेमा दुइमत नरहेको उहाँको भनाई छ । साथै अहिलेको कार्य समितिले आफ्नै भवन निर्माण गरि कार्यालयको सेवा सुभारम्भ गरेको प्रति उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार ज्योशी र उहाँको टिमलाई बधाई तथा धन्यवाद समेत दिनु भएको छ । 


लालबन्दी नगरपालिका ६ को विणा चलचित्र मन्दीर (सिनेमा हल)मा भएको सातौँ वार्षिक साधारणमा सभामा छिमेकी उद्योग बाणिज्य संघका अध्यक्षहरु,करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख,लालबन्दी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु,विभिन्न सामाजिक संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत उद्योग बाणिज्य संघ लालबन्दीमा आवद्ध निजि क्षेत्रका व्यापारी व्यासायीहरु र उद्योगपतिहरुको उपस्थिती रहेको उद्योग बाणिज्य संघ लालबन्दीका महा सचिव दिपेन्द्र कुमार बलम्पाकीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech