सर्लाहीको बागमतीको मकै पटेक क्षेत्रका किसानलाई बिउँ,औषधी र उपकरण अनुदान

गणेश खड्का    प्रकाशित: २०८०-७-१३ गते   ३६४ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले मकै पटेक क्षेत्र घोषणा गरेको बागमती नगरपालिका १० का किसानहरुलाई अनुदानमा उन्नत जातको मकैको बिउँ,औषधी तथा कृषि उपकरण किसानहरुलाई वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगतको मकै पटेक कार्यक्रमका लागि नगरपालिका र साना किसान कृषि सहकारी संस्था लि.बागमती १० शंकरपुरको संयूक्त लागत साझेदारीमा मकै पकेट क्षेत्र घोषणा गरिएको र सोही क्षेत्रका किसानहरुलाई लक्षित गरि अनुदानमा कृषि उपकरण तथा बिउँ बिजन वितरण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।

उनका अनुसार बागमती नगरपालिका १०,शंकरपुर स्थित सोल्टी बजारमा एक कार्यक्रमको आयोजना गरी मकै पटेक क्षेत्रलाई अनुदानमा कृषि उपकरण तथा बिउँ बिजन वितरण गरिएको हो ।नगरको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगतको मकै पटेक कार्यक्रमका लागि नगरपालिका र साना किसान कृषि सहकारी संस्था शंकरपुरको संयूक्त लागत साझेदारीमा मकै पकेट क्षेत्र घोषणा गरिएको र सोही क्षेत्रका किसानहरुलाई लक्षित गरि अनुदानमा कृषि उपकरण तथा बिउँ बिजन वितरण गरिएको नगरपालिकाको कृषि शाखाका हिमाल साहीले बताए ।

मधेश प्रदेशका प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि सहकारी र नगरपालिकाले ५०/५० प्रतिशत अर्थात पाँच/पाँच लाख लागत बेहोर्ने गरी रु १० लाख लागत रहने यस कार्यक्रमका लागि सम्झौता भएको कृषि शाखाले जनाएको हो ।सिंचाईको समेत सुविधा रहेको बागमतीको शंकरपुर,राजघाट लगायतको क्षेत्रमा ठुलो परिमाणमा उन्नत जातको मकै खेती हुदै आएको र मकै खेतीबाट यहाँका किसानहरुले समेत मनग्य आम्दनी गर्ने गरेका कारण थोरै भएपनि राहत मिलोस भनेर अनुदानमा उन्नत जातको मकैको बिउँ,औषधी तथा कृषि उपकरण किसानहरुलाई वितरण गर्न सुरु गरिएको बागमती नगरपालिकाका नगर प्रमुख थापाले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech