Close This

सिन्धुलीमा आईसोलेसन भवन बनाउन पहल गर्छु ः सांसद दाहाल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३२ गते   ३२२ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारस्थित भु–संरक्षणको भवन नजिकै ५० बेडको आईसोलेसन भवन निर्माण हुने भएको छ । पछिल्ला समयमा सिन्धुलीमा कोरोना संक्रमितको संख्या बढेसँगै बागमती प्रदेश सभाका सदस्य सांसद राजन दाहाल(लेखनाथ)ले उक्त आईसोलेसन बेड निर्माण गर्न पहल गर्ने बताउनु भएको छ ।  १५ दिनभित्र उक्त भवन निर्माण गर्ने सांसद दाहालले बताउनु भयो ।
उक्त ठाँउमा आईसोलेसन बेड तयार गर्नका लागि आईतबार बिहान कमलामाई नगरपालिकाका प्राविधिकले अध्ययन गरेका र डिजाईन स्टिमेट समेत बनाउन दिएको सांसद दाहालले कमलामाइृ खबरलाई जानकारी गराउनु भयो । 
“दुई दिनभित्रमा डिजाईन स्टिमेट तयार हुन्छ । लगत्तै एक तलाको ट्रष्ट भवन बनाएर १५ दिनभित्र निर्माण पुरा गर्ने तयारी गरेका छौं ।”सांसद दाहालले बताउनु भयो । त्यसको लागि स्रोत जुटाउन आईतबार दिउसो नै जिल्लाका ९ वटै स्थानीय निकायका प्रमुखहरुबिच छलफल समेत भएको सांसद दाहालले बताउनु भयो ।

५० बेडको आईसोलेसन र ५÷५ वटा ट्वाईलेटका साथै बाथरुम निर्माण गरिने  उहाँले बताउनु भयो । “स्रोत जुटाउनका लागि प्रदेस सरकारसँग छलफल भई रहेको छ । प्रदेस सरकारले नदिए संसदिय विकास कोषको रकम हाल्छु । त्यस्ले पनि नपुगे स्थानीय निकायहरुसँग रकम माग गरेर भएपनि आइसोलेसन निर्माण गछू सांसद दाहालले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech