सर्लाहीमा निर्वाचन तयारी पुरा,करिब ५ हजार जनशक्ति परिचालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२७ गते   २०५ पटक हेरिएको

मंसिर ४ गतेहुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निार्वचनको लागि कर्मचारी व्यवस्थापनको काम सर्लाहीमा सकिएको छ । जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रका लागि करिब ५ हजार जना जनशक्ति परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि सर्लाहीमा ४ हजार ८ सय २० जना कर्मचारी मतदान केन्द्रमा खटिने सर्लाहीका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।
जिल्लाका ६ सय वटा स्थायी मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्र गरी जम्मा ६ सय ३ मतदान केन्द्रमा ११ जना जगेडा कर्मचारीसहित ४ हजार ८ सय २० जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । उनका अनुसार १ जना कर्माचारीहरु जगेडा मतदान अधिकृत राखिएको छ ।
जिल्लामा ३ सय १२ वटा स्थायी मतदान स्थल तथा ३ वटा अस्थायी मतदानस्थल गरी जम्मा ३ सय १५ मतदान स्थल रहेका छन् । ४ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा ६ सय १४ मतदान अधिकृत, ६ सय  जना सहायक मतदान अधिकृत, ३ हजार ३ जना सहायक कर्मचारी र ६ सय ३ जना  सहयोगी कर्मचारी मतदान गराउन खटाउन लागिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
“जिल्लाका २ सय ५८ मतदानस्थलका ४ सय ९९ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रसहित ५ सय १ वटा केन्द्रका लागि मतदान अधिकृतसहितका आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”,मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।“ उनिहरुलाई धमाधम अभिमुखीकरण तालिम दिएर नियुक्ति दिँदै सम्बन्धित केन्द्रमा पठाईदै गरिने छ ।”उनले भने,
जिल्लाभरिमा तोकिएका मतदान केन्द्र र दुई अस्थायी केन्द्र सैनिक ब्यारेक सहित सुरक्षाको समेत सम्पुर्ण काम सकिएको छ । भने मतदान कार्यका लागि दक्ष जनशक्ति व्यवस्थापन भएको छ । मतदान केन्द्रको मतदाता सङ्ख्या र संवेदनशीलतालाई मध्यनजर गरिँदै  ३ देखि ८ जनासम्मको जनशक्ति खटाइएको मुख्य निर्वाचन अधिकृत न्यौपानेको भनाइ छ । 
कर्मचारी खटन पटनसँगै सबै मतदान केन्द्रमा मतदान सामग्री,मतपत्र र अन्य बन्दोबस्तीका समानहरु पुगिसकेका जनाइएको छ । सबै मतदान केन्द्रका लागि आवश्यक जनशक्ति र सामग्री बन्दोबस्तको काम सकिएपछि अब मतदान पूर्वतयारीको काम,मतपत्र प्याकिङ, सर्टिङ,रुजु र शिलबन्दीको काम सुरु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत निर्मल पोख्रेलले बताए ।
चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा आसन्न मङ्सिर ४ को निर्वाचनका लागि ४ लाख ९७ हजार ३८ जना मतदाता रहेका छन् । तीमध्ये सबैभन्दा बढी क्षेत्र नं ३ मा १ लाख २७ हजार ८ सय ३४ जना मतदाता रहेका छन् । भने सबैभन्दा कम क्षेत्र नम्बर ४ मा १ लाख १२ हजार ४ सय ९४ जना मतदाता रहेका छन् । यसैगरी क्रमशः सर्लाही क्षेत्र नम्बर १ मा १ लाख २२ हजार ४ सय ८७ जना र क्षेत्र नं २ मा १ लाख १६ हजार २ सय २३ जना मतदाता रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech