Close This

लायन्सको निःशुल्क मोतियाबिन्दु शिविरमा ४ सय ८० जना लाभान्वित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-४ गते   २३४ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा लायन्स क्लब अफ लालबन्दी सिटीले निःशुल्क मोतियाबिन्दु शिविर सञ्चालन गरेको छ । लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माविको प्राङ्गगणमा आयोजना गरिएको शिविरमा ४ सय ८० जनाको चेकजाँच गरिएको सगरमाथा चौधरी आखां अस्पताल लहानले जनाएको छ । 
“मास्क लगाऊ कोरना भगाऊ भन्दै “निःसुल्क मास्क बितरण गर्दै लायन्स क्लब अफ लालबन्दी सिटीले  निःशुल्क मोतियाबिन्दु शिविरको आयोजना गरेको हो । सगरमाथा चौधरी आखां अस्पताल लहानको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ लालबन्दी सिटीको आयोजनामा भएको कार्यक्रममा एक सय जनाको मोतिया बिंन्दुका बिरामीहरू र बाकी २ सय ५ जनालाई निःसुल्क औषधी बितरण गरीएको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भयो ।
अप्रेसन गर्नु पर्ने अवस्थाका विरामी भएमा निःशुल्क अप्रेसन सहितको सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको शिविरमा १ सय जनाको अप्रेसन गर्नु पर्ने भएकाले ५०÷५० जना गरि आज(आईतबार) र भोली(सोमबार) त्यस्ता बिरामीहरुलाई सगरमाथा चौधरी आखां अस्पताल लहान लगिने अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो । सगरमाथा चौधरी आखां अस्पताल लहानका डा.राज कुमार यादव लगायतको प्राविधिक टिमले आँखाका रोगीहरुको चेकजाँच र उपचार गर्नु भएकोथियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech