परवानीपुर र घारिबथानका २ अशक्तलाई ह्वील चेयर प्रदान

217 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानिपुर र इश्वरपुर नगरपालिका १२ घारिबथानका दुई जना अशक्त व्यक्तिलाई ह्वील चेयर प्रदान गरिएको छ।लालबन्दी नगरपालिका १६, परवानिपुर भोर्लेनीका सात वर्षीय बालक सोमित जिम्बा र ईश्वरपुर नगरपालिका १२, घारिबथानकी दीपकुमारी भुजेललाई ह्वील चेयर उपलब्ध गराइएको सहयोगी दाता भुवनध्वज थापाले जानकारी दिए ।
उनका अनुसार शारीरिकरुपमा अशक्त जिम्बा र भुजेललाई शनिबार उनीहरुको घरमै पुगेर जनप्रतिनिधिहरुको  उपस्थितिमा ह्वील चेयर हस्तान्तरण गरिएको हो।लालबन्दी घर भई हाल डेनमार्कमा रहेका समाजसेवी थापाले यसअघि पनि लालबन्दी तथा इश्वरपुरका विभिन्न सामुदायिक विद्यालयलाई सहयोग प्रदान गरेका थिए ।

सम्बन्धित समाचार