नेपाल पुजीवादी गणतन्त्रबाट समृद्धि तर्फ जान नसक्ने भएकाले समाजवादी गणतन्त्रमा वदल्न साथै देशलाई निकास दिन माओवादी तथा क्रान्तिकारी शक्तिहरु विच एकता आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महा सचिव नेत्र विक्रम चन्द(विप्लव)ले बताए।उनले नेपाललाई अग्रगमन तर्फ लैजान विचार,लक्ष्य र उद्धेश्य मिल्ने राजनीतिक शक्तिहरु विच एकताको प्रयास भई रहेको र समाजवादी मोर्चबाट मात्रै देशको रुपान्तरण सम्भव रहेको समेत बताए ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सर्लाहीका नेता कार्यकर्ताहरुसंगको अनौपचारीक भेटघाटका क्रममा सर्लाही आएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विप्लवले अहिलेको पूजिवादी गणतन्त्रलाई समाजवादी गणतन्त्रमा लैजानुका साथै संसदलाई समाजवादी बहसको थलो बनाउन पार्टीको केन्द्रीय समितिले २०८४ को निर्वाचनमा सहभागी हुने निर्णय नै गरेको समेत बताए ।अहिलेको राष्ट्रिय संकटलाई निकास दिन अहिलेको व्यवस्थालाई समाजवाद व्यवस्था तर्फ लैजाने गरी संविधान संसोधन आवश्यक रहेको र अहिलेको सरकारले जनताका चाहना,आवश्यकता र जनता तथा राष्ट्रको कुसल नेतृत्व गर्न नसकेका कारण संविधान संसोधन गर्न लागि परेको र अहिलेकै अवस्थामा संविधान संसोधन गलत र पश्चगामी हुने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विप्लवले बताए ।उनले जनयुद्वको विषयमा चौतर्फी चर्चा चलिरहेको समयमा माओवादी र क्रान्तिकारीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस मनाउन चाहेको समेत बताए।जनयुद्वको रक्षाको लागि माओवादी तथा क्रान्तीकारी घटकहरु एक भएर मात्र नभई अझै थुप्रै काम गर्न वाकी रहेको समेत महा सचिव विप्लवले बताए ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले माओवादी तथा क्रान्तिकारी शक्तिहरु विच एकता गर्न पहिला नै एकताको विषयमा निर्णय समेत गरिसकेको र नेकपा(माओवादी केन्द्र)ले पनि कार्यदल बनाई सकेको अवस्थामा आफुहरु केन्द्रीकृत भएर जाने सवालमा पूतिवद्ध रहेको उनले बताए ।देशको समृद्वि उत्पादनवाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अहिले उत्पादनवाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने उनले विश्वास व्यक्त गरे ।