चर्काे असुली चलाएका कार्यालय प्रमुख यादव सरुवा

304 Shares

सर्लाहीको यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख राकेश यादवको सरुवा भएको छ।कार्यालय स्थापनादेखि नै विचौलियासंग मिलेर चर्काे असुली चलाएका यादवलाई मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रलायले फिर्ता बोलाएको हो ।जिल्लाका सवारी चालक प्रशिक्षण केन्द्रहरुसंग मिलेर उनीहरु मार्फत चर्काे रकम असुली सवारी चालक अनुमती पत्र बनाउने देखि अन्य विभिन्न कामहरु गर्दै आएका यादवको पछिल्लो समय निकै आलोचना भएको थियो । 
कार्यालय प्रमुख यादवले बिचौलियाहरुसंग मिलेर सेवाग्राहीहरुलाई दुःख दिने लगायतका काम गरेका घटनाहरु बाहिरिएपछि श्रम तथा यातायात मन्त्रलायले उनलाई फिर्ता बोलाएर यातायात व्यवस्था कार्यालय मलंगवामा नयाँ कार्यालय प्रमुखको रुपमा शशि प्रसाद यादवलाई पठाएको छ ।
कार्यालय प्रमुख यादवले बिचौलियाहरुसंग मिलेर सेवाग्राहीलाई दुःख दिने गरेका र सवारी चालक अनुमति पत्र (लाईसेन्स)सेटिंगमा वितरण गर्ने गरेका लगायतका घटनाहरु बाहिरिएका थिए ।केही समय पहिला कम्प्युटर अपरेटर रहेका यादव ठूलो आर्थिक चलखेल गरी बढुवा भएर यातायात व्यवस्था कार्यालय बर्दिवासमा कार्यालय प्रमुखको रुपमा आएपनि सो मुद्धा हारेपछि फेरी घटुवा भएका थिए । 
आफुालाई इमान्दार कर्मचारी भएको दाबी गर्ने उनैले केही समय पहिला यातायात व्यवस्था कार्यालयहरुमा आउने सामान्य खरिदार तहका कर्मचारीहरुले पनि मन्त्रालयमा ८/१० लाख कमिसन बुझाउनु पर्ने र अधिकृत तहका कर्मचारीहरुले २५/३० लाख बुझाउनु पर्ने अफद रेकर्ड भन्दै कमलामाई मिडिया प्रा.लिसंग बताएका थिए।त्यसपछि सो समाचार बाहिरि आएपछि आफु ब्लाक वेल्ड रहेकाले जतिवेला जेपनि हुन सक्ने भन्दै धम्की समेत लगाएका थिए ।

सम्बन्धित समाचार