लालबन्दी सिटि जेसिजको पहिलो सप्ताह ब्यापी कार्यक्रम मंगलबारबाट सुरु भएको छ । हरेक वर्ष चल्ने सप्ताहव्यापी कार्यक्रम कार्तिक १ गते सम्पन्न हुने लालबन्दी सिटि जेसिजका संस्थापक अध्यक्ष जेसी किरण घिमिरेले बताउनुभयाो । सप्ताहको पहिलो दिन सरसफाई तथा माक्स वितरण कार्यक्रम गरिएको घिमिरेले बताउनु भएको छ ।
कार्यक्रमको पहिलो चरण अन्तर्गत कअ्लेश्वर महादेव डुमडुमे राधाकृष्ण मन्दिरको परिसर सरसफाई कार्यक्रम र दोस्रो चरण अन्तरगत यात्रु सहायता कक्षमा निशुल्क माक्स हस्तान्तरण गरिएको लाइन्स क्लव अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भयो ।
कोरोना माहामारीको त्रास बाँकी नै रहेका कारण कोरोनाबाट बच्न माक्स लगाउनु पर्छ भन्ने जनचेतना जगाउन पैदलयात्री,सवारीका यात्रुहरुलाई निःशुल्क १ हजार ३ सय थान माक्स वितरण गरिएको कार्यकारणी उपाध्यक्ष जेसी मनोज बख्रेलले जानकारी दिनुभयो ।
लालबन्दी सिटि जेसिज, लाइन्स क्लव अफ लालबन्दी सिटी र ईलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त आयोजनामा भएको कार्यक्रममा लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने , इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापा , लाइन्स क्लव अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपाने, सेंचुरिका साकार शर्मा लगायत प्रहरी कर्मचारीहरु , जेसिज टोलि, लाइन्स टोलि र जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । सप्ताह ब्यापी कार्यकर्म अन्र्तगत असोज २९ गते शैक्षिक सामाग्री वितरण , ३० गते बृद्धा आश्रममा खाद्यान्न हस्तान्तरण,बृक्षारोपण, कार्तिक १ गते मैत्रिपुर्ण फुटवल र शुभकामना आदान प्रदान कार्यक्रम रहेको आयोजकले बताएको छ ।