सरकारले केकेमा कर सहुलियत तथा छुट र केकेमा करको दायरा विस्तार गर्र्याे

179 Shares

सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कर सहुलियत,छुट तथा सुविधा दिने घोषणा गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै विभिन्न छुटको घोषणा गरेका हुन्। उनले प्रस्तुत गरेको बजेटमा नेपाल भित्र कृत्रिम हातखुट्टा र अपांगता सहयोगी सामाग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट,आवासीय भवनको बीमा बापत अधिकतम रु १० हजारसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था,विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिष्ट्रेशनका लागि तोकिएको सरकारी मूल्यांकनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था,कृषि प्रशोधन उद्योगमा पहिलो १० वर्षको आयकर पूर्ण रूपमा छुट र कोल्ड स्टोर,प्याकेजिङ तथा टेष्टिङ ल्याब सहितका मेशिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था,कर परिपालना गर्ने करदातालाई उच्च सम्मान,सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिने भनिएको छ ।
त्यसैगरी, नेपाल सरकारले करको दायरा विस्तार गरेको छ।अर्थमन्त्री डा.वाग्लेले बजेट प्रस्तुत गर्दै करको दायरा विस्तार गरेको बताएका हुन्। जस अनुसार दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पु¥याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था,अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिट भन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था,इलेक्ट्रिक सवारी साधनमा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था,यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण,ब्याट्रीको व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने,नेपाली ब्राण्डका मदिराको निकासी प्रर्वद्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन तथा मेचुरेसन कार्यलाई प्रोत्साहित गरिने व्यवस्थाका साथै आगामी आर्थिक वर्ष २०८३/०८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याउने व्यवस्था तथा चुरोटमा करिब दश प्रतिशतसम्म र मदिरा तथा वियरमा लाग्ने अन्तःशुल्कमा वृद्धि र गैरकर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानुन ल्याउने बजेट भाषणमा प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार