Close This

निवर्तमान आइजिपि खनालको शक्तिमा सशस्त्र प्रहरी हबल्दार कमिसन असुल्न व्यस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१२ गते   २१८५ पटक हेरिएको

सशस्त्र प्रहरीका केही कर्माचारीहरुको कारण सशस्त्र प्रहरी संगठन नै बद्नाम हुँदै गएको छ । राज्यका हरेक समस्यामा अग्रपंत्तिमा रहेर काम गर्ने सशस्त्र प्रहरी संगठनका एक दुई जना तल्लो तहका कर्माचारीहरुका कारण संगठन बद्नाम हुने अवस्थामा पुगेको भन्दै सशस्त्र प्रहरीको माथिल्लो तहका कर्माचारीहरु चिन्तीत बनेका छन् ।
सिमा नाकाका साथै  ग्रामिण क्षेत्रहरूमा समेत आफ्नो भुमिका महत्वपुर्ण बनाएको संगठनलाई बदनाम गराउनसशस्त्र प्रहरीका केहि तल्लो दर्जाका कर्मचारीहरु लागि परेको पाईएको छ ।
मधेस प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले आफ्नो भुमिका निर्वाह गर्दै लागु औषध कारोबारीदेखि हातहतियार समेत बरामद गर्न सफल भइरहेकै बेला सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलिले आफ्नै संगठनलाइ बदनाम गर्न आतुर भएको भन्दै सशस्त्र प्रहरी अधिकारीहरु चिन्तीत देखिएका हुन ।
सीमा नाकाबाट अबैध रकम असुल गरेको आरोप मात्र नभइ प्रमाण सहित बाराबाट लखेटिएका सशस्त्र प्रहरीकाएक हवल्दारले आफ्नै संगठनलाइ बदनाम गर्न लागि परेका छन् । सशस्त्र प्रहरी संगठनका तत्कालीन आइजिपि शैलेन्द्र खनालको शक्ति दुरूपयोग गर्दै इन्टेलिजेन्ट ब्यूरोमा पुगेका सशस्त्र प्रहरी हवलदार फेरी बारामा पुगि अबैध रकम असुल्न व्यस्त रहेका पाइए पछि सशस्त्र प्रहरी हबल्दार....लाई कार्बाही गरि बागमती प्रदेशमा पठाइएको थियो ।
सशस्त्र प्रहरी हवलदारले आफुलाइ बागमती प्रदेशमा लखेटिएको रिसमा केही सञ्चार माध्यामबाट विभिन्न आरोप प्रत्यारोप लगाउदै सशस्त्र प्रहरी संगठनलाइ बदनाम गर्न लागि परेका छन् ।
सीमा नाकामा रकम बार्गेनिङ्ग गर्ने आरोपमा ५ दिन थुन्नामा बसिसकेको एक मिडिया कर्मीको सहयोगमा सशस्त्र प्रहरी संगठनलाइ बदनाम गर्न सशस्त्र प्रहरी हबल्दा। साह लागि परेका हुन । उनले छिन्नमस्ता बाहिनी मधेश प्रदेशका बाहिनीपति सशस्त्र प्रहरीका डिआइजि गणेश बहादुर ठाडा मगरलाई कुनै सर्तमा आफु नछोडने बताउँदै आफुलाई अन्यन्त्र सारिएको रिस पोखि रहेका एक सशस्त्र प्रहरी अधिकारीले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिने स्कवाड टोलिका कारण निन्द हराम भइसकेका गिरोहले समेत डिआइजि ढाडा मगरलाई बदनाम गर्न आतुर भएको पाइएको हो । हप्तै पिच्छे लागु औषध बरामद गरिरहेको स्कवाड टोलिलाइ बदनाम गर्न लागु औषध कारोबारीसंगको मिलोमतोमा सशस्त्र प्रहरी हवल्दार समेत स्कवाड टोलिका साथ साथै डिआइजि मगरलाइ बदनाम गर्न आतुर भएका सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोमा कार्यरत सशस्त्र प्रहरी हवल्दार साहले रहेक महिना बारामा पुगि तस्कर समुहको लाइन मिलाइ दिने भन्दै रकम समेत उठाउने गरेको खुलेको छ । सशस्त्र प्रहरी संगठनका प्रमुख आइजिपि राजु अर्यालले संगठनको नियम विपरीत कार्य गर्ने जो कोहिलाइ कार्वाहि गर्नबाट पछि नहटने बताई रहेको समयमा उहाकै कर्मचारीले बारामा आर्थिक तान्डव मच्याएका पाइएको हो । बिदाको नाममा महिना,महिना दिनमा रौतहटमा पुग्ने र कमिसन असुल्ने हबल्दार साह बाराको कलैयामा पुगि तस्कर समुहसंग खानपिन गर्नेरकमिसन असुल्ने गरेको रहस्य खुलेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech