जलेश्वरबाट अवैध तरिकाले नेपाल भित्र्याईएकाे कुखुरा सिन्धुलीमा नष्ट,सिमामा शसस्त्र कमिसन उठाउनमा मस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१६ गते   ८७७ पटक हेरिएको

महोत्तरीको जलेश्वर स्थित सिमानाकाबाट नेपाल भित्र्याई मकवानपुरको हेटौँडातर्फ लैजादै गर्दा सिन्धुली प्रहरीले ठुलाे मात्रामा अवैध कुखुराका चल्ला सहित बाेलेराे पिकअप नियन्त्रणमा लिएको छ ।
महाेतरीकाे जलेश्वर स्थित सिमा क्षेत्रबाट अवैध तरिकाबाट नेपाल भित्र्याई मकवानपुर तर्फ लैजाँदै गर्दा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित धुराबजारबाट करिब ८ हजार कुखुराका चल्ला बोकेको ज १ च ७४८ नम्बरको बाेलेराे पिकअप नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिए ।
उनका अनुसार  कुखुराका चल्ला भारतबाट नेपाल ल्याउन निषेध गरिएको भए पनि अबैध रुपमा ओसार प्रसार गरेको प्रमाण फेला परेकाले करिब ८ हजार कुखुराका चल्ला बरामद गरि नष्ट गरिएको हाे ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापा कमलामाई नगरपालिकाका पशु विकास अधिकृत रोशन कोइरालाको उपस्थितीमा चल्लालाई खाडल खनेर पुरीएको प्रहरी उपरीक्षक सिलवालले बताए । 
बाेलेराे पिकअपका चालक महोत्तरीकाे जलेश्वरका रामशोभा मिश्रले नेपालकै ह्याचरीबाट उत्पादन भएका कुखुराका चल्लाको नक्कली कागजपत्र बनाई भारतबाट कुखुराका चल्ला ल्याईएकोे स्विकार गरेका प्रहरीले जनाएको छ ।
 कुखुराका चल्ला बाेकेकाे बाेलेराे पिकअपलाई राेकी शंका लागि चेकजाँच गर्दा महोत्तरीको पिगौना ह्याचरी एण्ड ब्रिडिङ फार्ममा उत्पादन गरिएको सिओबी ५००(ब्रोइलर) जातका कुखुराको बिक्रि बितरणको लागि बनाएको नक्कली विल बरामद् भए पछि नियन्त्रणमा लिएर नष्ट गरिएको सिन्धुली प्रहरीले जनाएको छ । 
चालक मिश्र र बाेलेराे पिकअपलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अधि बढाएकाे छ । भने शसस्त्र प्रहरी बल नेपाल नम्बर ९ हे.क्वा. गण  महाेतरी मातहत रहेकाे शसस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म जलेश्वरका शसस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप बुढाथोकीको मिलेमताेमा अवैध तरिकाबाट कुखुराका चल्ला नेपाल भित्रने गरेका प्रष्ट हुन्छ । सिमा सुरक्षाकाे जिम्मा पाएकाे शसस्त्र प्रहरी नै तस्करीमा मस्त हुँदा किरानाका सामानहरुका साथै मलखाद,लत्ताकपडा,चिनी,हार्डवेयरका साथै पेय पदार्थहरु गैर कानुनी रुपमा नेपाल भित्रने गरेका प्रष्ट हुन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech