तेक्वान्दो विजेता ८ जना खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण

580 Shares

चौथो नेपाल खुल्ला इन्टरनेस्नल तेक्वान्दो विजेताहरुलाई बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले सम्मान र प्रमाण पत्र वितरण गरेका छन् ।चौथो नेपाल खुल्ला इन्टरनेस्नल तेकवान्दो २०२३ मा सहभागी भई विजेता भएका बागमतीका तेक्वान्दो खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरि प्रमाण पत्र वितरण गरिएको हो ।बागमती नगरपालिका १ स्थित मिलनचोकमा रहेको जनता माविमा एक कार्यक्रमको आयोजना गरि ९ जना तेक्वान्दो विजेता खेलाडीहरुलाई नगर प्रमुख थापाले प्रमाण पत्र वितरण गरेका जनता माविका निमित्त प्रधानाध्यापक विजय राईले जानकारी दिए ।
उनका अनुसार तेस्रो भएका ८ जना र प्रशिक्षक १ जनालाई मेडल र प्रमाण पत्रले सम्मान गरिएको हो ।विष्णु राज पाण्डेको अध्यक्षता एवम नगर प्रमुख थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती नगरपालिका १ का वडा अध्यक्ष गम्भिर सिं पाख्रिङ,बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप कुमार आचार्य,राष्ट्रिय तेक्वान्दो संघ सर्लाहीका सचिव प्रमेमराज खड्का,जिल्ला सदस्य सालिकराम थापा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार