इप्रका नवलपुरको स्तरोउन्नती सहित डीएसपीको दरबन्दी माग

1.1k Shares

रमेश अधिकारी(रितिक)


सर्लाहीको लालबन्दी नगरपालिका १,नवलपुरमा रहेको ईलाका प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डीएसपी)को दरबन्दीमाग गरिएको छ । ईलाका प्रहरी कार्यालय लालबन्दी मातहतको ख वर्गको ईलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायव उपरिक्षक(डिएसपी)को दरबन्दी माग गर्दै गृह मन्त्रालयमा पत्रचार गरिएको छ ।
ख श्रेणीको ईलाका प्रहरी कार्यालय नवलपुरको स्तरोउन्नती गरि प्रहरी नायव उपरिक्षक(डीएसपी)को दरबन्दी माग गर्दै गृह मन्त्रालयमा लेखी पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ख वर्गको ईलाका प्रहरी कार्यालय नवलपुरको स्तरोउन्नती गरि प्रहरी नायव उपरिक्षक(डीएसपी)को दरबन्दी माग गर्दै गृह मन्त्रालयमा लेखी पठाइएको हो ।
लालबन्दी नगरपालिकाले जग्गा उपलब्ध गराउने गरी लालबन्दी नगरपालिका १ को पत्रबाट प्रहरी नायब उपरीक्षक(डिएसपी)को दरबन्दी मागसहितको क श्रेणीको इलाका प्रहरी कार्यालय स्थापनाका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय भएको जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
नवलपुरमा अहिले प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) प्रमुख रहेको ‘ख’श्रेणीको इलाका प्रहरी कार्यालय छ । जिल्लाको पुर्व पश्चीम राजमार्गमा प्रहरी नायव उपरिक्षक(डिएसपी) प्रमुख रहेको कुनै पनि ईलाका प्रहरी कार्यालय छैन् । 

सम्बन्धित समाचार